भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति पौडेलद्वारा संसदको हिउँदे अधिवेशन समापन

काठमाडौं, १९ चैत २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन समापन गरेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत १८ गतेको बैठकको निर्णयका आधारमा यो कदम चालिएको हो । विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ ।’

यो वर्षको हिउँदे अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो । मंगलबार बसेको संसद् बैठक यो अधिवेशनको अन्तिम बैठक भएको छ ।

 


Thali Mobile Pvt.Ltd.