भर्खरै : Sorry, your browser does not support inline SVG.

रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो

काठमाडौँ, ११ भदौ । चीनतर्फबाट आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बुधबार राति ११ बजेसम्मको विवरणअनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

बाढी प्रभावित तथा जोखिममा परेका नागरिकको संख्या ठूलो रहेकाले उद्धार कार्यलाई तीव्र बनाउने तयारी गरिएको छ । यसैबीच, विनाशकारी बाढीमा परेर ६४४ जना पर्यटक बेपत्ता भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार नेपालसहित विभिन्न देशका नागरिकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

कुन देशका कति पर्यटक बेपत्ता ?

पर्यटन बोर्डका अनुसार बेपत्ता हुने पर्यटकमध्ये सबैभन्दा धेरै भारतका १७८ जना रहेका छन् । त्यस्तै नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ जना बेपत्ता भएको विवरणमा उल्लेख छ ।

बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस फसेका तथा सम्पर्कविहीन रहेकाले बेपत्ता हुनेको संख्या थप बढ्न सक्ने देखिएको छ ।

बिहीबारदेखि हवाई उद्धार

बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धारका लागि बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत हवाई उद्धार सुरु गरिने भएको छ ।

त्रिशूली नदी आसपासका क्षेत्रमा बाढी र पहिरोका कारण सडक तथा स्थलमार्ग अवरुद्ध भएकाले उद्धारका लागि हवाई माध्यमलाई प्राथमिकता दिइएको हो । रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाउने तयारी भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.