भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा

बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा

 काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार करिब ६०० मेगावाट क्षमताका आयोजनाहरू प्रभावित भएका छन्।

१११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिशूली ३ए, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रलगायतका सञ्चालनमा रहेका आयोजनाको उत्पादन बन्द भएको छ भने ३५० मेगावाट भन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाको कार्य ठप्प भएको छ।

त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा क्षति पुगेकाले आगामी केही दिनसम्म विद्युत् उत्पादन र प्रसारण बन्द रहनेछ। यसले दैनिक करोडौँ रुपैयाँको घाटा निम्त्याउने इप्पानले जनाएको छ।

बाढीले टिमुरे सुख्खा बन्दरगाह, भन्सार बिन्दु, सयौँ गाडी र नेपाल–चीन मुख्य व्यापारिक पुल समेत बगाएको छ। यसले व्यापार र सरकारको राजस्वमा गम्भीर असर पारेको इप्पानले जनाएको छ।

सरकारसँग नीतिगत र प्रक्रियागत सहजीकरण गरी क्षतिग्रस्त संरचना पुनर्निर्माण र विद्युत् उत्पादन पुनः सुचारु गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.