भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रास्वपाले आज रुपन्देही–३ मा उम्मेदवार घोषणा गर्ने

रास्वपाले आज रुपन्देही–३ मा उम्मेदवार घोषणा गर्ने

काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्ने भएको छ । 

यसका लागि वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे पार्टी सचिवालय बैठक बस्ने कार्यक्रम तय भएको छ । बैठकपश्चात् उम्मेदवार घोषणा गरिने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । “बैठकपश्चात् पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम हुनेछ,” उनले भने ।

सचिवालय बैठकमा रुपन्देही–३ मा उम्मेदवार छनोट मूल्यांकनबारे छलफल हुने र प्रवास विशेष अभियान सञ्चालनबारे पनि छलफल गरिने प्रस्तावित एजेन्डा रहेको बताइएको छ । रुपन्देही–३ मा रास्वपाबाट उम्मेदवारका लागि हाल नौ जना प्रतिस्पर्धामा छन् । उनीहरूमध्येबाट एक उम्मेदवारलाई अन्तिम रूपमा तय गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.