भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दशैँका लागि सुकिला नोट भदौ २९ देखि वितरण हुने, कुन–कुन ठाउँमा पाइन्छ ?

दशैँका लागि सुकिला नोट भदौ २९ देखि वितरण हुने, कुन–कुन ठाउँमा पाइन्छ ?

काठमाडौं, १४ भदौ । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने भएको छ । बैंकका अनुसार सुकिला नोट सटही कार्यक्रम भदौ २९ देखि असोज १० गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै सो अवधिभर सर्वसाधारणले सुकिला नोट सहजै पाउने व्यवस्था मिलाइएको जनाएको हो । 

कहाँ–कहाँ सटही गर्न पाइन्छ ?

सर्वसाधारण तथा संघ–संस्थाले नयाँ र सुकिला नोटहरू निम्न स्थानहरूबाट सटही गर्न सक्नेछन् – नेपाल राष्ट्र बैंक, थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, सातै प्रदेश कार्यालय : विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी, इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा सटही प्रक्रिया बैंकिङ समयभित्र मात्र हुने स्पष्ट गरिएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैं, तिहारजस्ता चाडपर्वहरूमा सर्वसाधारणलाई सहज बनाउन सार्वजनिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट वितरण गर्दै आएको छ । यस वर्ष पनि विगतझैं सटही कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.