भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

टिकटक बनाउने बहानामा बालकको गोली हानी हत्या, रौतहटमा चार पक्राउ

टिकटक बनाउने बहानामा बालकको गोली हानी हत्या, रौतहटमा चार पक्राउ

रौतहट, १५ वैशाख । रौतहट प्रहरीले १४ वर्षीय बालकको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

वृन्दावन नगरपालिका-७ का कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा फेला परेको थियो। प्रहरीले गरुडाकै नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बालकलाई टिकटक बनाउने बहानामा घरबाट बोलाएर चाँदी खोलामा लगिएको थियो। त्यहाँ उनको छातीमा दुई राउन्ड गोली हानी हत्या गरिएको रौतहटका एसपी दिलिप घिमिरेले बताए। हत्यामा प्रयोग भएको पेस्तोल दुर्गाभगवती गाउँपालिका-५ मा टीनको बाकसमा लुकाएको अवस्थामा फेला परेको छ।

अभियुक्तहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल गौरको एक वर्कशपमा टुक्रा पारिएको अवस्थामा भेटिएको छ। पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

घटनामा अन्य संलग्न व्यक्तिहरूको खोजी र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.