भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टिकटक बनाउने बहानामा बालकको गोली हानी हत्या, रौतहटमा चार पक्राउ

टिकटक बनाउने बहानामा बालकको गोली हानी हत्या, रौतहटमा चार पक्राउ

रौतहट, १५ वैशाख । रौतहट प्रहरीले १४ वर्षीय बालकको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

वृन्दावन नगरपालिका-७ का कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा फेला परेको थियो। प्रहरीले गरुडाकै नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बालकलाई टिकटक बनाउने बहानामा घरबाट बोलाएर चाँदी खोलामा लगिएको थियो। त्यहाँ उनको छातीमा दुई राउन्ड गोली हानी हत्या गरिएको रौतहटका एसपी दिलिप घिमिरेले बताए। हत्यामा प्रयोग भएको पेस्तोल दुर्गाभगवती गाउँपालिका-५ मा टीनको बाकसमा लुकाएको अवस्थामा फेला परेको छ।

अभियुक्तहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल गौरको एक वर्कशपमा टुक्रा पारिएको अवस्थामा भेटिएको छ। पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

घटनामा अन्य संलग्न व्यक्तिहरूको खोजी र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.