भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

रौतहटमा बोक्सीको आरोपमा महिला कुटपिट, ७ जना विरुद्ध जाहेरी

रौतहटमा बोक्सीको आरोपमा महिला कुटपिट, ७ जना विरुद्ध जाहेरी

रौतहट, २२ भाद्र । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडियामा ५५ वर्षीया सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोप लगाउँदै सामूहिक कुटपिट र अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ।

आइतबार दिउँसो दिनेश साह कानु (४०), उनका छोरा गोलु साह कानु (२२) र विक्रम साह कानु (३५) लगायतले सुशीला देवीमाथि कुटपिट गरेका हुन्। दिनेश साह कानुकी श्रीमती संगीता देवी (३७) अकस्मात बिरामी भई गरुडास्थित रोमा अस्पतालमा उपचार सम्भव नभएपछि वीरगन्ज लैजाने क्रममा बाटैमा मृत्यु भएपछि मृतकका परिवारजनले सुशीला देवीमाथि टुनामुना गरेको आरोप लगाएका थिए।

आरोपपछि सुशीला देवीलाई कुटपिट मात्र नभई केश मुण्डन गरी अपमानजनक व्यवहार गरिएको पीडित पक्षले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेर पीडितलाई उद्धार गरेको थियो। तर संलग्न तीनै जना घटनास्थलबाट फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख तथा डीएसपी राजन कार्कीका अनुसार बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जनामाथि जाहेरी परेको छ। आरोपितहरूले महिलामाथि कुटपिट र केश मुण्डन गरेको पुष्टि भएको र यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.