भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

केही घन्टामै देखिन्छ चिनी खान छाडेको असर

केही घन्टामै देखिन्छ चिनी खान छाडेको असर

मुख्य बुँदा 

ग्लुटेन वा रक्सी छाड्दा असर देखिन केही समय लाग्छ, तर चिनी छोड्दा केही घन्टामै प्रभाव देखिन थाल्छ।

हार्वर्ड मेडिकल स्कुल र इम्पेरियल कलेज लन्डनका विज्ञहरूको अध्ययनअनुसार ४८–७२ घण्टामा रगतमा चिनीको स्तर स्थिर हुन्छ।

चिनी छाडेपछि ऊर्जा र मानसिक स्पष्टता बढ्ने, शरीरको सुन्निएको कम हुने संकेत देखिन्छ।

दीर्घकालीन रूपमा चिनी छाड्दा मोटोपना, टाइप–२ मधुमेह र हृदय रोगको जोखिम घट्ने।

ग्लुटेनको असर सेलिआक रोग वा संवेदनशीलता भएकामा मात्र छिट्टै देखिने, रक्सी छाड्दा भने असर ढिलो भए पनि दीर्घकालीन फाइदा हुने।

काठमाडौँ, २२ भाद्र । हामीले ग्लुटेन (गहुँ, जौजस्ता अन्नबालीमा पाइने प्रोटिन समूह) वा रक्सी खान छाडेपछि शरीरमा त्यसको असर देखिन केही समय लाग्छ। यसको प्रभाव सुस्त गतिमा देखिन्छ र व्यक्तिअनुसार फरक पर्न सक्छ।

तर चिनी खान छाड्दा केही घन्टामै शरीरमा यसको प्रभाव महसुस गर्न सकिन्छ। नेसनल जियोग्राफिकमा प्रकाशित रिपोर्टअनुसार, हार्वर्ड मेडिकल स्कुलका पोषण र मेटाबोलिक स्वास्थ्य विशेषज्ञ प्रो. डेभिड लुडविग, प्रो. एलेसियो फासानो, डा. केभिन हल र इम्पेरियल कलेज लन्डनका विज्ञहरूको अध्ययनले यसलाई पुष्टि गरेका छन्।

अध्ययनअनुसार, चिनी खान छाड्दा ४८–७२ घण्टाभित्र रगतमा चिनीको स्तर स्थिर हुन थाल्छ। यस समयमा शरीरमा ऊर्जा र मानसिक स्पष्टता बढ्ने, सुन्निएको कम हुने जस्ता संकेत देखिन थाल्छ। दीर्घकालीन रूपमा यसले मोटोपना, टाइप–२ मधुमेह र हृदय रोगको जोखिम कम गर्ने देखिएको छ।

विशेषज्ञहरूको सल्लाह छ कि सबैभन्दा पहिला चिनीको सेवन घटाउनुपर्छ। ग्लाइसेमिक स्पाइक घट्दा मेटाबोलिज्म स्थिर रहन्छ र ऊर्जा दिगो देखिन्छ। ग्लुटेन छाड्नु आवश्यक छ भने केवल सेलिआक संवेदनशीलता पुष्टि भएपछि मात्र फाइदा पुग्छ। रक्सी खान छाड्दा प्रभाव क्रमिक रूपमा देखिन्छ। तर यसले मानसिक स्पष्टता, कलेजो स्वास्थ्य र हार्मोन सन्तुलनमा सुधार ल्याउने दीर्घकालीन लाभ दिन्छ। बारम्बार सुगर क्र्यास वा दीर्घकालीन थकान अनुभव गर्ने व्यक्तिहरूले चिनी सेवन घटाउँदा वा बन्द गर्दा स्पष्ट सुधार महसुस गर्न सक्छन्।

चिनी छोड्दा रगतमा चिनी र इन्सुलिन स्तरमा परिवर्तन २–३ दिनभित्र देखिन्छ। रक्सी छाड्दा कलेजोको मर्मतमा हप्तादेखि महिना समय लाग्ने हुँदा असर ढिलो देखिन्छ। ग्लुटेनको असर भने केवल संवेदनशील व्यक्तिमा छिट्टै देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.