भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त कर लाग्ने

क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त कर लाग्ने

एजेन्सी । अमेरिकामा २५ प्रतिशत अतिरिक्त महसुल लाग्ने भएको छ । क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि अमेरिकाले शनिबार फेब्रुअरी १ देखि लागू हुने गरी उक्त कर लगाउने भएको हो ।

यी देशका सीमाबाट अमेरिकामा ठुलो सङ्ख्यामा भित्रिने अवैध आप्रवासी र लागू औषध नियन्त्रण गर्न यस्तो कदम चालिएको अमेरिकाले जनाएको छ ।

यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे निर्णय भइनसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।
चीनबाट आयात हुने सामानमा छिटोमा यही महिनादेखि १० प्रतिशत कर लाग्ने पनि ट्रम्पले बताएका छन् ।

चीनबाट अमेरिकामा फेन्टानिल तस्करी भइहरेको र यसका कारण सयौँ हजारौँको मृत्यु भइरहेको कुरालाई ट्रम्पले पुनः दोहोर्‍याए । चीनले यसको लागि पनि महसुल तिर्नु पर्ने उनको भनाइ थियो । ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.