भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त कर लाग्ने

क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि २५ प्रतिशत अतिरिक्त कर लाग्ने

एजेन्सी । अमेरिकामा २५ प्रतिशत अतिरिक्त महसुल लाग्ने भएको छ । क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि अमेरिकाले शनिबार फेब्रुअरी १ देखि लागू हुने गरी उक्त कर लगाउने भएको हो ।

यी देशका सीमाबाट अमेरिकामा ठुलो सङ्ख्यामा भित्रिने अवैध आप्रवासी र लागू औषध नियन्त्रण गर्न यस्तो कदम चालिएको अमेरिकाले जनाएको छ ।

यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे निर्णय भइनसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।
चीनबाट आयात हुने सामानमा छिटोमा यही महिनादेखि १० प्रतिशत कर लाग्ने पनि ट्रम्पले बताएका छन् ।

चीनबाट अमेरिकामा फेन्टानिल तस्करी भइहरेको र यसका कारण सयौँ हजारौँको मृत्यु भइरहेको कुरालाई ट्रम्पले पुनः दोहोर्‍याए । चीनले यसको लागि पनि महसुल तिर्नु पर्ने उनको भनाइ थियो । ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

 

 


Thali Mobile Pvt.Ltd.