भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा । दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई गाउँमै पुुगेर जिल्ला प्रशासन कार्यालय दोलखाले सीमा पास उपलब्ध गराएको छ ।

केही हप्ताअघि मात्रै लप्चिका स्थानीय समाजसेवी फुुर्बाथार्के शेर्पाको एक टोलीले जिल्ला प्रशासन कार्यालयमा आई गोठालो जान सीमा पास माग गरेको थियो । सोही मागका आधारमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले लप्चिवासीलाई सीमा पासको प्रबन्ध गरेका हुन् ।

लप्चिका ३८ जना स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय दोलखाका शाखा अधिकृत विकल श्रेष्ठले घरमै पुगेर सीमा पास उपलब्ध गराएका हुन् । श्रेष्ठका अनुसार गाउँमा भेटिएसम्मका सबैलाई सीमा पास वितरण गरिएको छ । छुटेका केहीलाई जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने जानकारी दिए ।

सीमा पास वितरणसँगै लप्चिवासीको चीन प्रवेशमा सहज भएको छ । सीमा पास पाएपछि स्थानीयले खुसीयाली साटेका छन् । स्थानीय फुर्बाथार्के शेर्पाले भने, “अब हामीलाई पारी चीनतर्फ जान सहज भयो । अब चौरीगाईं चराउन पनि सहज भएको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न राहत मिलेको छ ।”

सदरमुकाम चरिकोटबाट लप्चि पुग्न दुुई दिन पैदल र एक दिन गाडीमा यात्रा गर्नुुपर्छ । चीन सरकारले आफ्नो देशको सीमामा लप्चिका नागरिकलाई राज्यले तोकेको सीमा पास भए मात्रै प्रवेश दिने भनेपछि लप्चिका स्थानीयको दैनिकीमा समस्या भएको थियो ।

चीनतर्फ चौंरी चराउन समेत चिनियाँ प्रतिनिधिले पास मागेपछि सीमा पासको परिचयपत्र उपलब्ध गराइदिन प्रजिअ पोखरेल समक्ष आग्रह गरेका थिए । कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीय आर्थिक रुपमा समस्या छन् । गएको दसैँमा नाका खुला हुँदा केही राहत भएको थियो । हाल आएर सीमा पास कारण देखाएपछि सीमा वारपार हुन सकेको थिएन ।

लप्चिका स्थानीयहरु नाका पार गरी चौंरीगाइ चराउने मात्रै नभइ चीनतर्फ खर्कमा आलुुखेती गर्ने, बजारमा किनमेल गर्ने समेत गर्छन् । सदरमुकामबाट लप्चिमा एक केजी नुन हेलिकप्टरबाट लैजाँदा झण्डै रु दुई सय मूल्य पर्ने गर्छ । ३० किलोको एक बोरा चामल नौ हजारसम्म पर्ने गर्छ । रासस

 


Thali Mobile Pvt.Ltd.