भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सुदूरपश्चिमका बासिन्दा ‘बिसु’ मनाउन घर फर्किँदै

सुदूरपश्चिमका बासिन्दा ‘बिसु’ मनाउन घर फर्किँदै

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाका झुलाघाटमा हिजोआज चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेपछि चहलपहल बढेको हो ।सुदूरपश्चिममा नयाँ वर्षलाई ‘बिसु’ पर्र्वका रूपमा मनाइने भएकाले काम गर्न भारत गएकाहरू फर्किन थालेका छन् । झुलाघाट भएर बैतडी, बझाङ, बाजुरा, अछामलगायत जिल्लावासी बिसु मनाउन घर फर्कन थालेका छन् ।

दैनिक घर फर्किनेको सङ्ख्या बढ्दो क्रममा रहेको झुलाघाट बजारका व्यापारी हरिदत्त जोशीले बताउनुभयो । सुदूर पहाडका धेरै बासिन्दा मजदुरीका लागि भारतका विभिन्न शहरमा जाने गरेका छन् ।उनीहरु बिसु पर्वमा भने घर फर्कने गरेका छन् । गहुँ छरेर मजदुरी गर्न भारत पस्नेहरु यतिबेला घर फर्किने गर्छन् । झुलाघाट र सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने गाडीमा पनि यात्रुको चाप बढेको छ ।नयाँ वर्ष घरपरिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर मनाउने चलन भएकाले घर बाहिर रहेकाहरू पनि घर फर्कने गरेको दोगडाकेदार–३ का गणेश विष्टले बताउनुभयो ।

बिसु पर्व विशेष गरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइन्छ । एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । बिसुमा सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने विश्वास गरिँदै आएको छ । बिसु पर्व अघि नै घर रातो माटो र कमेरो लिपपोत गर्ने गरिन्छ । रासस

 


Thali Mobile Pvt.Ltd.