भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

काठमाडौंमा आज यी क्षेत्रमा ट्राफिक जामको जोखिम, यात्राअघि यस्तो छ ट्राफिक अपडेट

काठमाडौंमा आज यी क्षेत्रमा ट्राफिक जामको जोखिम, यात्राअघि यस्तो छ ट्राफिक अपडेट

काठमाडौं , २६ चैत । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हुने आन्दोलन र प्रदर्शनका कारण मुख्य सडकहरूमा सवारी जामको सम्भावना बढेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खु क्षेत्रमा राजतन्त्रको समर्थनमा र्‍याली र सभा आयोजना गर्दैछ,  त्यस क्षेत्रमा ठूलो भीड हुने अनुमान छ ।

यसैगरी, माइतीघर–बबरमहल क्षेत्रमा शिक्षकहरूको आन्दोलन, रत्नपार्कमा राष्ट्रिय जनमोर्चाको कार्यक्रम र सहकारी तथा लघुवित्त पीडितहरूको शान्तिबाटिकामा विरोध प्रदर्शन पनि भएकाले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको ट्राफिक प्रहरीले जनाएकाे छन् ।

एकै दिन चार ठाउँमा प्रदर्शन र जुलुस हुने भएकाले ट्राफिक प्रहरीले बिहान १० बजेअघि नै गन्तव्यमा पुग्न यात्रुहरूलाई आग्रह गरेको छ। प्रमुख प्रदर्शन क्षेत्रमा डाइभर्सनको व्यवस्था गरिएको छ भने वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ ।

डाइभर्सन र वैकल्पिक मार्ग

  • खसीबजार–मकालु–कलंकी चोक–बाफल
  • बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु
  • कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना
  • टीयू गेट–चोभार
  • सानेपा करिडोर सडक
  • चोभार सुक्खा बन्दरगाह क्षेत्र

नयाँ बसपार्क र सीतापाइला–बाफल सडकखण्डमा एकतर्फी पार्किङको व्यवस्था गरिएको छ।

प्रदर्शनको विवरण

  • नेपाल शिक्षक महासंघ: माइतीघर मण्डलामा भेला भएर बानेश्वरसम्म जुलुस ।
  • सहकारी तथा लघुवित्त पीडित: शान्तिबाटिकामा विरोध कार्यक्रम ।

यी क्षेत्रमा आवश्यकताअनुसार थप डाइभर्सन लागू गरिनेछ।

ट्राफिक अपडेट कसरी लिने?

  • ट्राफिक एफएम: ९५.५ मेगाहर्जमा लाइभ अपडेट।
  • सामाजिक सञ्जाल: ट्राफिक प्रहरीको फेसबुक पेज र मेट्रो ट्राफिक डिभिजनको पेज।
  • हटलाइन: तत्काल जानकारीका लागि ‘१०३’ मा सम्पर्क।

ट्राफिक प्रहरीले बिहान घरबाट निस्कनुअघि ट्राफिक अवस्थाबारे जानकारी लिएर यात्रा गर्न अनुरोध गरेको छ। “सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्नुहोस् र समयमै गन्तव्यमा पुग्ने योजना बनाउनुहोस्,” प्रहरीको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.