भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

दाङमा धान धेरै फलाउने ३ जना किसानलाई सम्मान

दाङमा धान धेरै फलाउने ३ जना किसानलाई सम्मान

दाङ । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल पहिलो, वडा नम्बर ७ भानपुरका राजकुमार चौधरी दोस्रो र वडा नम्बर ६ बगरापुरका हरिचन्द्र चौधरी तेस्रो हुनुभएको छ ।

पालिकाका कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले प्रतियोगितामा पहिलो हुनेलाई १२ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई आठ हजार रुपैयाँ नगदसहित एकरएक वटा कृषि औजार फरुवा दिएर सम्मान गरिएको बताउनुभयो ।

प्रक्रिया पुर्‍याएर आवेदन दिएका १६ जना किसानबीच प्रतिस्पर्धा भएको थियो । पालिकाले कार्यविधि नै बनाएर प्रतियोगितामार्फत छनोट भएका किसानलाई सम्मान गरेको हो ।

कृषि पेशालाई मर्यादित बनाउन र कृषि पेशाप्रति आकर्षण बढाउन प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.