भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

‘रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन’

‘रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन’

काठमाण्डौ । काठमाण्डौसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।

जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा.रामहरि चापागाईंले जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ुकोल्ड डाइरियाु ९चिसोले हुने झाडापखाला० का समस्या बढी देखिने बताउनुभयो । ‘चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ । जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमाभन्दा बढी चाहिन्छ ।

यसले साधारण रोग पचाउन सहयोग गर्छ’, उहाँले भन्नुभयो । साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।‘खोप लगाएका बच्चालाई अरूलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ’, डा चापागाईंले भन्नुभयो । जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने उहाँको भनाइ छ ।

रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा। चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्नेमा जोड दिनुभयो । डा. चापागाईंले भन्नुभयो, ‘सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ ।’ उहाँले जाडोयाममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गर्नुभयो ।

त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम शुरू भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउनेलायत काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घाम ताप्दा शरीरलाई चाहिने भिटामिन डी प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ । सङ्क्रमणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह लिएर भाइरल फ्लुविरुद्धको खोपसमेत दिन सकिन्छ । श्वासप्रश्वासको सङ्क्रमण भएका व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाइदिनुपर्छ ।’

बाल स्वास्थ्य नर्स डा। सुरक्षा सुवेदीले पनि जाडोमा बालबालिकालाई अझ बढी स्याहारको आवश्यकता पर्ने हुनाले तातो तथा झोलिलो खानेकुरामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिहान र साँझ अत्यधिक चिसो हुने भएकाले बच्चालाई चिसोमा खेल्न दिनुहुँदैन । रुखाखोकी लाग्दैमा जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन । घरभित्रै उफ्रिने खालका व्यायाम गराउँदा उपयुक्त हुन्छ ।’

डा। सुवेदीले बालबालिकालाई राति सुत्ने समयमा न्यानो बनाउन मोजा र टोपी अनिवार्य लगाइदिन अभिभावकलाई आग्रह गर्नुभयो । ‘जाडोमा छाला सुक्खा भइराख्ने हुनाले ुमोस्चराइजरु लगाइदिनुपर्छ । हिटर बालेर मसाज गर्दा पनि धेरै बेरसम्म बाल्नुहुँदैन । छालामा असर गर्न सक्छ’, उहाँले भन्नुभयो ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. चापागाईंले जाडोमा बालबालिकालाई रुघाखोकी बढी देखिने भएकाले अभिभावक आत्तिनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जाडोयाममा बच्चाहरूलाई गर्मीमा भन्दा बढी रुघाखोकी लाग्छ । रुघाखोकी लगाउने भाइरस जाडो मौसममा बच्चाको घाँटीमा बढी समयसम्म रहिरहन्छ । सर्न सक्ने सम्भावना पनि बढी हुन्छ ।’

पौष्टिक आहार, झोलिलो खानपिन, पर्याप्त मात्रामा आराम गर्दा भाइरल रुघाखोकी ५र६ दिनमा हराएर जाने डा। चापागाईंले बताउनुभयो । उहाँले रुघाखोकी लाग्दैमा पसलबाट जथाभाबी औषधि किनेर खुवाउन हतार नगर्न अभिभावकलाई सुझाउनुभयो ।

‘रुघाखोकी लागेमा न्यानो राख्ने, झोल खानेकुरामा ध्यान दिने र आराम गराउँदा बच्चा निको हुन्छ । रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ’, बालरोग विशेषज्ञ डा। चापागाईंले भन्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.