भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

“विश्वका प्रसिद्ध मजदुर आन्दोलन” पुस्तक समिक्षा र अन्तरक्रिया कार्यक्रम सम्पन्न

“विश्वका प्रसिद्ध मजदुर आन्दोलन” पुस्तक समिक्षा र अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैलेख । १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, आठबीस नगर समितिको आयोजनामा “विश्वका प्रसिद्ध मजदुर आन्दोलन” पुस्तकको समिक्षा र अन्तरक्रिया कार्यक्रम दैलेखको आठबीस नगरपालिका–टिलेपाटामा सम्पन्न भएको छ।

कार्यक्रममा श्रमिक आन्दोलनका ऐतिहासिक पृष्ठभूमिहरू, विभिन्न देशहरूमा भएका श्रमसंघर्ष र मजदुर वर्गले प्राप्त गरेका अधिकारहरूका साथै नेपालमा ती आन्दोलनको प्रभावबारे छलफल गरिएको थियो। सहभागी बुद्धिजीवी, कार्यकर्ता र नेताहरूले पुस्तकका अन्तर्राष्ट्रिय अनुभवहरूलाई नेपाली सन्दर्भमा कसरी उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा विचार साझा गरे।

नेपाल मजदुर किसान पार्टी दैलेखका सदस्य सौरे कामी, खड्गबहादुर कठायत, रणबहादुर कठायत, नवीन सिजापति, तेजबहादुर सिजापति, नरबहादुर सिजापति, खगेन्द्र बहादुर शाही, गोपी कामी, महेश न्यौपाने, टेकबहादुर सिजापती र दलबहादुर सिजापतिले पुस्तकका विभिन्न शिर्षकहरूमा विस्तृत छलफल गरे।

कार्यक्रमको सभापतित्व नेपाल मजदुर किसान पार्टी आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालले गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण बडुवालले प्रस्तुत गरे भने, कार्यक्रमको सञ्चालन नविन सिजापतिले गरेका थिए। यस कार्यक्रमले मजदुर आन्दोलनको महत्त्व र त्यसले श्रमिक वर्गको अधिकारमा ल्याएको सुधारको विषयमा जनचेतना फैलाउने कार्य गरेको छ।

 


Thali Mobile Pvt.Ltd.