भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

“विश्वका प्रसिद्ध मजदुर आन्दोलन” पुस्तक समिक्षा र अन्तरक्रिया कार्यक्रम सम्पन्न

“विश्वका प्रसिद्ध मजदुर आन्दोलन” पुस्तक समिक्षा र अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैलेख । १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, आठबीस नगर समितिको आयोजनामा “विश्वका प्रसिद्ध मजदुर आन्दोलन” पुस्तकको समिक्षा र अन्तरक्रिया कार्यक्रम दैलेखको आठबीस नगरपालिका–टिलेपाटामा सम्पन्न भएको छ।

कार्यक्रममा श्रमिक आन्दोलनका ऐतिहासिक पृष्ठभूमिहरू, विभिन्न देशहरूमा भएका श्रमसंघर्ष र मजदुर वर्गले प्राप्त गरेका अधिकारहरूका साथै नेपालमा ती आन्दोलनको प्रभावबारे छलफल गरिएको थियो। सहभागी बुद्धिजीवी, कार्यकर्ता र नेताहरूले पुस्तकका अन्तर्राष्ट्रिय अनुभवहरूलाई नेपाली सन्दर्भमा कसरी उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा विचार साझा गरे।

नेपाल मजदुर किसान पार्टी दैलेखका सदस्य सौरे कामी, खड्गबहादुर कठायत, रणबहादुर कठायत, नवीन सिजापति, तेजबहादुर सिजापति, नरबहादुर सिजापति, खगेन्द्र बहादुर शाही, गोपी कामी, महेश न्यौपाने, टेकबहादुर सिजापती र दलबहादुर सिजापतिले पुस्तकका विभिन्न शिर्षकहरूमा विस्तृत छलफल गरे।

कार्यक्रमको सभापतित्व नेपाल मजदुर किसान पार्टी आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालले गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण बडुवालले प्रस्तुत गरे भने, कार्यक्रमको सञ्चालन नविन सिजापतिले गरेका थिए। यस कार्यक्रमले मजदुर आन्दोलनको महत्त्व र त्यसले श्रमिक वर्गको अधिकारमा ल्याएको सुधारको विषयमा जनचेतना फैलाउने कार्य गरेको छ।

 


Thali Mobile Pvt.Ltd.