भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अतिप्रशोधित खानेकुराः स्वादिलो देखिए पनि ज्यानकै दुश्मन

अतिप्रशोधित खानेकुराः स्वादिलो देखिए पनि ज्यानकै दुश्मन

काठमाडौँ । स्वादिलो देखिने, सजिलै उपलब्ध हुने र लामो समय टिक्ने भन्दै दैनिक उपभोगमा प्रयोग भइरहेका ‘अतिप्रशोधित खानेकुरले स्वास्थ्यमा गम्भीर असर पार्ने र अल्पआयुमा मृत्युको जोखिमसमेत बढाउने पत्ता लागेको छ।

कोलम्बिया, चिली, मेक्सिको, ब्राजिल, अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका विभिन्न अनुसन्धानलाई समेटेर गरिएको विश्लेषणमा यस्तो नतिजा आएको हो। यस विश्लेषणलाई ब्राजिलको ओज्वाल्डो क्रुज फाउन्डेशनको वैज्ञानिक टोलीले तयार पारेको हो ।

विशेषज्ञहरूको भनाइमा, केक, कूकीज, आइसक्रिम, चिप्स, प्रशोधित मासु, बिस्कुट, पाउरोटी र प्याकेटबन्द पेय पदार्थजस्ता खाद्य सामग्रीहरू स्वादिलो त लाग्छन्, तर स्वास्थ्यको दृष्टिले अत्यन्त हानिकारक हुन्छन्। यस्ता खानेकुरा स्वाद र बनावट आकर्षक बनाउनका लागि अत्यधिक नुन, चिनी, बोसो तथा विभिन्न रसायनहरू मिसाइन्छन्। कतिपयमा त प्राकृतिक स्वादसमेत हटाइने गरिएको अनुसन्धानमा उल्लेख छ।

विश्लेषकहरूका अनुसार, यस्ता खानेकुरा नियमित सेवन गर्दा मोटोपन, मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्छन्। अझै गम्भीर कुरा – यी समस्याहरूले अल्पआयुमा मृत्युको जोखिम समेत बढाउने देखिएको छ।

स्वास्थ्य विज्ञहरूले विश्वका सरकारहरूलाई यस्तो अवस्थाबारे गम्भीर बन्न आग्रह गरेका छन्। पोषण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न, खानेकुराको लेबलिङ स्पष्ट बनाउने, विज्ञापनमा नियन्त्रण गर्ने र जनचेतना अभिवृद्धि गर्न आह्वान गरिएको छ। जति मिठो देखिन्छ, त्यति नै खतरा हुन्छ–भन्ने सन्देश यो अनुसन्धानले पुष्टि गरेको छ। अहिले नै सचेत नभए, भोलि ढिलो हुन सक्छ।

 


Thali Mobile Pvt.Ltd.