भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

“इजरायल–इरान तनाव चुलिदै, अमेरिकी दूतावासका कर्मचारी सुरक्षित स्थानमा सारिँदै”

“इजरायल–इरान तनाव चुलिदै, अमेरिकी दूतावासका कर्मचारी सुरक्षित स्थानमा सारिँदै”

काठमाडौँ, २९ जेठ । मध्यपूर्वमा सुरक्षा जोखिम तीव्र बनेसँगै इराकस्थित अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्ने प्रक्रिया अमेरिका सरकारले सुरु गरेको छ। पछिल्लो समय इजरायल र इरानबीच द्वन्द्व चर्किंदै गएपछि अमेरिकाले बग्दादस्थित आफ्ना आवासीय कर्मचारी र उनीहरूका आश्रित परिवारहरूलाई त्यहाँबाट हटाउन लागेको हो।

अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार इजरायलले इरानमा सैन्य कारबाही गर्न सक्ने संकेत दिएको सूचना अमेरिकाले पाएको र त्यसपछि स्थिति चर्कनसक्ने आँकलन गरिएको छ। अमेरिकाले आशंका व्यक्त गरेको छ कि यदि इजरायलले आक्रमण आरम्भ गर्‍यो भने इरानले इराकस्थित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरूलाई निशाना बनाउन सक्छ।

यसबिच, इरानको आणविक कार्यक्रमबारे चलिरहेको वार्ता हाल रोकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने दृढ अडान दोहोर्‍याउँदै अमेरिकी नागरिकलाई मध्यपूर्व छाड्न सुझाव दिएका छन्।

इरानी रक्षा मन्त्रीले पनि यदि अमेरिका आक्रमणमा उत्रियो भने कडा जवाफ दिने चेतावनी दिएका छन्। त्यस्तै, अमेरिकी रक्षा विभागले कुवेत र बहराइनमा रहेका सैनिक कर्मचारीका परिवारलाई पनि स्वेच्छाले फर्कन अनुमति दिएको छ। क्षेत्रीय तनावले अझ जटिल रूप लिन सक्ने अनुमान गरिएको छ, जसले सम्पूर्ण मध्यपूर्वको स्थायित्वमा असर पार्न सक्छ।

 


Thali Mobile Pvt.Ltd.