काठमाडौँ, २९ जेठ । मध्यपूर्वमा सुरक्षा जोखिम तीव्र बनेसँगै इराकस्थित अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्ने प्रक्रिया अमेरिका सरकारले सुरु गरेको छ। पछिल्लो समय इजरायल र इरानबीच द्वन्द्व चर्किंदै गएपछि अमेरिकाले बग्दादस्थित आफ्ना आवासीय कर्मचारी र उनीहरूका आश्रित परिवारहरूलाई त्यहाँबाट हटाउन लागेको हो।
अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार इजरायलले इरानमा सैन्य कारबाही गर्न सक्ने संकेत दिएको सूचना अमेरिकाले पाएको र त्यसपछि स्थिति चर्कनसक्ने आँकलन गरिएको छ। अमेरिकाले आशंका व्यक्त गरेको छ कि यदि इजरायलले आक्रमण आरम्भ गर्यो भने इरानले इराकस्थित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरूलाई निशाना बनाउन सक्छ।
यसबिच, इरानको आणविक कार्यक्रमबारे चलिरहेको वार्ता हाल रोकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने दृढ अडान दोहोर्याउँदै अमेरिकी नागरिकलाई मध्यपूर्व छाड्न सुझाव दिएका छन्।
इरानी रक्षा मन्त्रीले पनि यदि अमेरिका आक्रमणमा उत्रियो भने कडा जवाफ दिने चेतावनी दिएका छन्। त्यस्तै, अमेरिकी रक्षा विभागले कुवेत र बहराइनमा रहेका सैनिक कर्मचारीका परिवारलाई पनि स्वेच्छाले फर्कन अनुमति दिएको छ। क्षेत्रीय तनावले अझ जटिल रूप लिन सक्ने अनुमान गरिएको छ, जसले सम्पूर्ण मध्यपूर्वको स्थायित्वमा असर पार्न सक्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
गाजा, एजेन्सी, २७ असार। इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा ज्यान गुमाउने पत्रकारको संख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु...
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...
वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्। शुक्रबार...
वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ। यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा...