भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

देशभर आजदेखि रुट परमिट खुला

देशभर आजदेखि रुट परमिट खुला

काठमाडौं । आजदेखि देशभर रुट परमिट खुला गरेको छ। सरकारले रुट परमिट दशैँको पूर्णिमासम्म कायम रहने जनाएको छ। दसैँको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय यस अघि थियो ।

अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले सोमबारदेखि नै रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

 


Thali Mobile Pvt.Ltd.