काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण यो समाचार तयार पार्दासम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको छ । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी उनले दिए ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको तथा यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर, २९ असार । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएकाे छ । शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको...
बेलबारी, २९ असार । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको...
काठमाडौँ, २९ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। नेपालमा विदेशी श्रमिकको संख्या बढ्दै गएपछि विभागले अब नेपाली...
म्याग्दी, २९ असार। धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट...