भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अफवाह नफैलाउन एमाले नेता महेश बस्नेतलाई राप्रपा भक्तपुरको चेतावनी (भिडियो)

अफवाह नफैलाउन एमाले नेता महेश बस्नेतलाई राप्रपा भक्तपुरको चेतावनी (भिडियो)

भक्तपुर । सामाजिक संजालमा गलत अफवाह नफैलाउन एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई राप्रपा भक्तपुरले आग्रह गरेको छ । आफ्ना कर्तुत लुकाउन राप्रपामाथि बस्नेतले प्रहरा गरेको राप्रपाको आरोप छ ।

राजनैतिक अकर्यमण्डयताले अतालिएर संयमता गुमाउदै एमाले नेता महेश बस्नेतले राप्रपा भक्तपुरका संस्थापक अध्यक्ष स्व. सुरेन्द्र प्रताप शाह र राष्ट्रिय प्रतातन्त्र पार्टीका केन्द्रिय सह–महामन्त्री रविन्द्र प्रताप शाहलाई अनर्गल रुपमा दिएको मन्तव्य गलत रहेको राप्रपाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भिडियो…

उत्तेजीत गतिविधि र अराजक अभिव्यक्ति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले गम्भीर ध्यानाकर्षण भएको भन्दै झूठको खेती नगर्न आग्रह गरेको छ । राप्रपा केन्द्रिय सह–महामन्त्र रविन्द्र प्रताप शाहले आफुमाथि लगाइएको आरोपको पुष्टी गर्नसमेत बस्नेतलाई चेतावनी दिए ।

राप्रपाका नेता स्व. सुरेन्द्र प्रताप शाह र उनका पुत्र एवं राप्रपा केन्द्रिय सह–महामन्त्रीको संलग्नतामा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं.–६ नगरकोटको ११३ रोपनी जग्गा बेचविखन गरि अपचलन गरेको आरोप महेश बस्नेतले लगाएका थिए ।

उक्त विषय निराधार एवं कपोकल्पीत र भ्रामक भएको भन्दै शाहले ठोस आधार, प्रमाणसहित पुष्टि गर्न एमाले नेता महेश बस्नेतलाई चुनौती दिए । नेता बस्नेतले निराधार अभिव्यक्ति दिएको प्रति खेद प्रकट गर्दै राप्रपा भक्तपुरका सचिवालय प्रमुख अर्जुन कार्कीले विश्वास नगर्न जनताई अनुरोध गरेका छन् ।

कोपकल्पीत अभिव्यक्ती दिने र एमाले बाहेकका दलका नेता कार्यकर्ताहरुको चरित्र हत्या गर्ने उद्देश्यले अभिव्यक्ती दिनेलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आग्रह गरेको छ ।

यता महेश वस्नेतले आफ्नो अभिव्यक्ती आरोप नभएर सही भएको बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गणतान्त्रिक व्यवस्थाविरुद्ध मंसिर ७ गते काठमाडौंमा गर्न लागेको आन्दोलनमा राप्रपा भक्तपुरले औपचारीक समर्थन नगरेपनि कार्यकर्तालाई भने जुलुशमा जान नरोक्ने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.