काठमाडौँ । सरकारले रुसमा मृत्यु भएका नेपालीहरूको शव पहिचानका गर्न उनीहरुका पारिवारको ‘डिएनए’ परिक्षण गर्न लागेको छ । नमुना पठाइदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको हो ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र आज एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको छ ।
विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डिएनए’ परीक्षणका लागि पठाएको छ ।
रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको डिएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो ।
नेपाल प्रहरीबाट डिएनएको रिपोर्ट आएलगत्तै उक्त विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बताए । विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकीन गरिपाउँ भनेर आवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १७ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालले बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके उनीहरुको भविष्य उज्ज्वल हुने बताउँनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा...
सिड्नी । अष्ट्रेलियामा नेपाली व्यवसायी सम्मानीत भएका छन् । सिड्नीका युवा उद्यमी तथा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) सम्मानीत भएका हुन । उनलाई न्यू साउथ वेल्स राज्य सरकारले विशेष...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएको छ । लाइन काटे पनि सरकारको दबाबमा जोडिएको थियो । गएको आइतवार आयोगमा पठाएको पत्रमा प्राधिकरणले बक्यौता...
काठमाडौं । अभाव भए सरकारले ठोस कदम चाल्ने चेतावनी दिएको छ । बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सरकारले ठोस कदम चालने चेतावनी दिएको हो । कसैले ग्यास...