भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

संकटमा देश रोएका बेला सम्मान थाप्न व्यस्त मुख्यसचिव

संकटमा देश रोएका बेला सम्मान थाप्न व्यस्त मुख्यसचिव

स्याङ्जा । फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो । गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव एकनारायण अर्याल सेतो खादासहित सम्मान ग्रहण गरेर धन्यवाद मन्तव्य दिइरहेका थिए । १३ भदौमा मुख्यसचिव भएका अर्याल गृह जिल्ला पुगेर गाउँपालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए । तर, उनीमाथि नै अहिले देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्दा सम्मानमा रमाएको भन्दै आलोचना भइरहेको छ ।

उनी सम्मान थापिरहेको त्यही दिन, जुन दिन देशका अधिकांश भाग भीषण वर्षाका कारण बाढी र पहिरोले संकटग्रस्त थिए । समन्वय अभावले घण्टौं उद्धार कुरिरहेकाहरुलाई खोलाले बगाइरहेको थियो । त्यही बेला मुख्यसचिव अर्याल भने त्यही समयमा गृह जिल्लामा विभिन्न पालिकाहरुमा पुग्दै सम्मान थापिरहेका थिए । ती कार्यक्रममा पुगेर उनले आफू सचिवका रुपमा सम्बन्धित गाउँपालिकाका लागि के के गरियो भन्ने स्मरण गराइरहेका थिए ।

उनी त्यही दिन फेदीखोलापछि आँधीखोला गाउँपालिका पनि पुगेर सम्मान थापे । आँधीखोला गाउँपालिकाले त उनलाई पञ्चेबाजा बजाएर स्वागत गरेको थियो । उनी फूलमाला र खादा, दोसल्लासहित अबिर लगाएर पञ्चेबाजाको टोलीको अग्रभागमा रहेर गाउँपालिका प्रवेश गरेका थिए । उनी त्यहाँ राष्ट्रिय माध्यामिक विद्यालयको कार्यक्रममा पनि सहभागी भएका थिए । यो उनले पढेको विद्यालय पनि हो । उनलाई तारन्तार काठमाडौंबाट फोनहरू आएका थिए ।

उनले केही फोनहरुको रेस्पोन्स त गरे, तर कार्यक्रममा व्यस्त भएकाले कतिपय फोन उठाएनन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको मन्त्री र सचिवहरुको बैठकका लागि आफ्नो सचिवालयहरुमार्फत सचिवहरुलाई बैठकमा डाकेका थिए । तर, उनी आफैं भने स्याङ्जामै कार्यक्रममै व्यस्त रहे । विपद्ले देशभर क्षति पुर्‍याएपछि उनी तत्कालै काठमाडौं फर्किहाल्ने अपेक्षा थियो । तर, उनी १३ गते बिहान वालिङ नगरपालिकाले आयोजना गरेको सम्मान ग्रहण गर्ने कार्यक्रम थियो ।

उनी बिहान वालिङ नगरपालिकाबाट दोसल्लासहित सम्मानित भए । त्यसपछि उनले स्याङ्जाका उद्योगी, व्यवसायी, नेता तथा नागरिक समाजसँग जिल्लाको विकासबारे राउण्ड टेबल छलफलसमेत गरे । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका हिंडेपछि मुख्यसचिव अर्यालले १० असोजमै काठमाडौं छाडेका थिए ।

जबकि जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर १२ असोजसम्म सातै प्रदेशमा वर्षा सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गरिसकेको थियो ।साभार

 


Thali Mobile Pvt.Ltd.