स्याङ्जा । फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो । गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव एकनारायण अर्याल सेतो खादासहित सम्मान ग्रहण गरेर धन्यवाद मन्तव्य दिइरहेका थिए । १३ भदौमा मुख्यसचिव भएका अर्याल गृह जिल्ला पुगेर गाउँपालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए । तर, उनीमाथि नै अहिले देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्दा सम्मानमा रमाएको भन्दै आलोचना भइरहेको छ ।
उनी सम्मान थापिरहेको त्यही दिन, जुन दिन देशका अधिकांश भाग भीषण वर्षाका कारण बाढी र पहिरोले संकटग्रस्त थिए । समन्वय अभावले घण्टौं उद्धार कुरिरहेकाहरुलाई खोलाले बगाइरहेको थियो । त्यही बेला मुख्यसचिव अर्याल भने त्यही समयमा गृह जिल्लामा विभिन्न पालिकाहरुमा पुग्दै सम्मान थापिरहेका थिए । ती कार्यक्रममा पुगेर उनले आफू सचिवका रुपमा सम्बन्धित गाउँपालिकाका लागि के के गरियो भन्ने स्मरण गराइरहेका थिए ।
उनी त्यही दिन फेदीखोलापछि आँधीखोला गाउँपालिका पनि पुगेर सम्मान थापे । आँधीखोला गाउँपालिकाले त उनलाई पञ्चेबाजा बजाएर स्वागत गरेको थियो । उनी फूलमाला र खादा, दोसल्लासहित अबिर लगाएर पञ्चेबाजाको टोलीको अग्रभागमा रहेर गाउँपालिका प्रवेश गरेका थिए । उनी त्यहाँ राष्ट्रिय माध्यामिक विद्यालयको कार्यक्रममा पनि सहभागी भएका थिए । यो उनले पढेको विद्यालय पनि हो । उनलाई तारन्तार काठमाडौंबाट फोनहरू आएका थिए ।
उनले केही फोनहरुको रेस्पोन्स त गरे, तर कार्यक्रममा व्यस्त भएकाले कतिपय फोन उठाएनन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको मन्त्री र सचिवहरुको बैठकका लागि आफ्नो सचिवालयहरुमार्फत सचिवहरुलाई बैठकमा डाकेका थिए । तर, उनी आफैं भने स्याङ्जामै कार्यक्रममै व्यस्त रहे । विपद्ले देशभर क्षति पुर्याएपछि उनी तत्कालै काठमाडौं फर्किहाल्ने अपेक्षा थियो । तर, उनी १३ गते बिहान वालिङ नगरपालिकाले आयोजना गरेको सम्मान ग्रहण गर्ने कार्यक्रम थियो ।
उनी बिहान वालिङ नगरपालिकाबाट दोसल्लासहित सम्मानित भए । त्यसपछि उनले स्याङ्जाका उद्योगी, व्यवसायी, नेता तथा नागरिक समाजसँग जिल्लाको विकासबारे राउण्ड टेबल छलफलसमेत गरे । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका हिंडेपछि मुख्यसचिव अर्यालले १० असोजमै काठमाडौं छाडेका थिए ।
जबकि जल तथा मौसम विज्ञान विभागले ७ असोजमै विशेष बुलेटिन जारी गरेर १२ असोजसम्म सातै प्रदेशमा वर्षा सम्भावना रहेको भन्दै उच्च सतर्कताका लागि सूचित गरिसकेको थियो ।साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
डोटी । यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा...
काठमाडौं । नेपालले पछिल्ला दुई दशकमा दूरसञ्चार क्षेत्रमा अद्वितीय फड्को मारेको छ। टु–जीबाट सुरु भएको प्रविधिको यात्रा अहिले फोर–जीमार्फत देशका ७७ वटै जिल्लामा फैलिइसकेको छ र अब नेपाल फाइभ–जीको...
काठमाडौं। नेपालका शिक्षकहरू २० चैत २०८१ देखि काठमाडौंमा आन्दोलनरत छन् । २०७५, २०७८ र २०८० मा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएपछि शिक्षकहरू फेरि सडकमा उत्रिएका हुन् । विद्यालय शिक्षा...
काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ ।...