भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

विदेश भ्रमण गएका सचिवमाथि अनुसन्धान, राहदानी प्रयोग र हाजिरी कपी माग

विदेश भ्रमण गएका सचिवमाथि अनुसन्धान, राहदानी प्रयोग र हाजिरी कपी माग

काठमाडौँ । खानेपानी मन्त्रालय सचिव सुरेश आचार्यमाथि राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान शुरु गरेको छ । पाँच जनाको निमन्त्रणमा ८ जनाको नेतृत्व गर्दै विदेश पुगेका सचिव आचार्यकै भ्रमणमा ‘कैफियत’ भेटिएसँगै केन्द्रले अनुसन्धान थालेको हो ।

कार्यक्रममा सहभागिताका लागि मन्त्रिपरिषदमा पठाउन मन्त्रीस्तरीय निर्णय भएको देखिए पनि मन्त्रिपरिषदबाट भएको निर्णय नभेटिएसँगै उनी सरकारको स्वीकृतिबेगर नै अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएको भेटिएको केन्द्रले जनाएको छ । केन्द्रले सिडिई रजित ओझा र सिडिइ रवीन्द्र पोखरेललाई यूएनहेभिट्याटबाट गरिएको निमन्त्रणा पत्रसमेत पठाउन भनेको छ ।

साथै सङ्घीय खानेपानी आयोजना, महेन्द्रनगरका सिडिई देवेन्द्र झासमेत उक्त कार्यक्रममा सहभागी भएको बुझिएको भन्दै उनको सहभागिताको मनोनयन, टिप्पणीलगायत यात्राका क्रममा प्रयोग भएको राहदानी र हाजिरी विवरणसमेत मागिएको खानेपानी मन्त्रालय स्रोतबाट प्रशासनलाई प्राप्त पत्रमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.