भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकको दावी

अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकको दावी

एजेन्सी । मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिक मारिएका छन्। पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा आव्रmमण हुँदा ६० जना सैनिक मारिएका हुन ।

आफ्ना सैनिक मारिएको विवरण रुसले लुकाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ। आक्रमणबारे युक्रेनले पनि प्रतिक्रिया दिएको छैन।
रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए।

रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर जनरल ओलेग मोइसेवको पखाईमा रहेका सैनिकमाथि मिसाइल खसेको बताइएको छ। मिसाइल अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.