भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सगरमाथा संवाद २०२५: दोस्रो दिन चार विषयमा ९ छलफल सत्र, जलवायु न्याय र हरित अर्थतन्त्रमा जोड

सगरमाथा संवाद २०२५: दोस्रो दिन चार विषयमा ९ छलफल सत्र, जलवायु न्याय र हरित अर्थतन्त्रमा जोड
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि साँझ ६:३० बजेसम्म चल्ने यी सत्रहरूमा चार प्रमुख विषयमा गहन छलफल हुनेछ:

  • हरित अर्थतन्त्र
  • जलवायु हानि–नोकसानी र न्यूनीकरण
  • जलवायु न्याय र मानवताको भविष्य
  • विश्वव्यापी तथा क्षेत्रीय साझेदारी

संवाद सचिवालयका अनुसार, यी सत्रहरूमा २३ प्रतिनिधिमण्डल सहभागी हुनेछन्। प्रत्येक प्रतिनिधिमण्डललाई आफ्ना विचार राख्न ५ मिनेट समय दिइनेछ । संवादको पहिलो दिन (शुक्रबार) जलवायु परिवर्तनको असर, जोखिम, र जलवायु न्यायका विषयमा गहन छलफल भएको थियो। नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु परिवर्तनको उच्च जोखिम झेलिरहेको भन्दै ठूला उत्सर्जक राष्ट्रहरूसँग वित्तीय सहायता र जलवायु न्यायको माग गरेका थिए।

नेपाल सरकारले ६ वर्षअघि सगरमाथा संवाद आयोजना गर्ने योजना बनाए पनि कोभिड–१९ महामारीका कारण यो स्थगित भएको थियो। लामो तयारीपछि काठमाडौंमा आयोजित यो संवाद भोलि (आइतबार) समापन हुनेछ।