भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारी ठगी विषयमा समितिको कार्यादेश टुंग्याउन कार्यदल बस्दै

सहकारी ठगी विषयमा समितिको कार्यादेश टुंग्याउन कार्यदल बस्दै

काठमाडौं । सहकारी ठगी विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दैछ । केही बेरमो बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कांग्रेस सांसद जीवन परियारले बताए ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । आइतबार लामो समय छलफल भए पनि सहमति हुन सकेन । यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

हिजै बस्नुपर्ने बैठक आजको लागि बोलाईएको हो । कार्यादेशमा सहमति भएमात्रै आजको बैठक सुचारु हुने नेता परियारले बताए । गत शनिबार सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारीको बचत ठगी, हिनामिना, अपचलन, दुरुपयोगबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.