भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

सहकारीको समस्या समाधान गर्न सरकारको सकारात्मक पहल चाहिन्छः अध्यक्ष गणेश बहादुर कार्की

सहकारीको समस्या समाधान गर्न सरकारको सकारात्मक पहल चाहिन्छः अध्यक्ष गणेश बहादुर कार्की

अहिले सहकारीको अवस्था के छ ?
अहिलेको सहकारीको अवस्था जीर्ण अवस्था नैै छ । यस्ता समस्या नभएको होइन यो समस्या पहिले पनि आएको हो । यो समस्या भुकम्पदेखि कै समस्या हो । विस्तृत रुपका अहिले देखा परेको मात्र हो । कोरोनाले पनि असर पारेको नै थियो,भूकम्पले पनि असर पारेको थियो र यो आर्थिक मन्दीले झन् बढी असर पारेको छ । सहकारीहरु सुचारु रुपमा चलिरहेको ठाउँमा बिचमा एउटा हस्तक्षेप भइसकेपछि त्यसले समस्या ल्याउछ नै । सहकारीको महत्वपूर्ण पाटो भनेको बजार र ऋण हो तर बजारमा आर्थिक मन्दीको कारण सहकारीमा पनि असर परेको छ ।

सहकारीमा देखिएको समस्या अझै गहिरो रुपमा जान्छ वा यसको समाधान पनि केही छ ?
समस्या आइसकेपछि समाधान नै नहुने भन्ने हुदैँन, समाधान हुन्छ । त्यसको लागि प्रशासनिक तवरबाट पनि सकारात्मक पहल हुनुपर्छ र सहकारी सञ्चालकहरुले पनि त्यसलाई सकारात्मक हिसाबले लग्नुपर्छ । अहिलेसम्म हेर्दा जति पनि सहकारी टिकेका छन् त्यस सहकारीको बचत सुरक्षित गर्नुपर्छ भनेर लागेका हौ ।

सुमार्ग बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भइरहदाँ सहकारीका समस्या के के आउदा रहेछन् ?
पहिले त समस्या नआउदासम्म केही कुरा थाहा नहुँदो रहेछ । हामीले पनि १० वर्ष सहकारी सञ्चालन गर्यौ यस्तो समस्या आएको थिएन । अहिले हामीले पनि यति ठूलोे समस्या आउदो रहेछ भन्ने थाहा पायौँ । बचतकर्ताले बचत नपाएपछि यो सहकारी संस्थाले बचत दिन सकेन भन्ने हुन्छ र मानिसहरुको ओइरो लाग्छ । पैसा नचाहिने मान्छेले पनि पैसा निकाल्ने जाने क्रम बढ्दो रहेछ । बचतकर्ताले पैसा फिर्ता नपाएपछि तोडफोड गर्ने,ताला लगाउने,कर्मचारीमाथि हातपात गर्ने,मुद्धामामिलातिर जाने जस्तो समस्या देखा पर्छ ।

यो बिचमा के के समस्या भोग्नुभएको छ ?
म नगरपालिकामा पनि पुगे,प्रहरी प्रशासनमा पनि पुगे, मुद्धामामिला पनि भयो । पैसा पाइदैँन भनेर प्रेसरले चेक काट्ने चलन पनि भयो । हामीले पनि अब ४।५ महिनामा समाधान होला भन्ने सोचेर व्यक्तिगत चेक काट्न पहल गर्न थाल्यौ । त्यो चेक बाउन्स गराएर कोही प्रहरीतिर जाने,कोही अदालततिर जाने क्रम पनि चल्यो । त्यसले जति पनि सहकारीका सञ्चालकहरु छन् उनीहरुलाई तनाव दिएको अवस्था छ । स्फुर्तीले उसले काम गर्न सक्ने अवस्था छैन । अहिले कार्यालय खोल्न जाउ खोल्ने अवस्था छैैन,ऋण उठाउन जाउ डर छ । बचतकर्ताले बचत नपाएपछि कुनै पनि बेलामा के गर्छ भन्ने थाहा हुदैँन,आक्रोशित हुन्छन् । सञ्चालक वा कर्मचारीहरु आनन्दले हिड्न सक्ने अवस्था छैन । बजार प्रतिनिधि पैसा उठाउन जादाँ उनीहरुलाई नै कुट्ने डर छ । त्यसले झन् समस्या ल्याएको छ ।

धेरै प्रकारका मुद्धाहरु पनि सहकारी सञ्चालकमाथि लाग्ने गरेको छ । तपार्इँहरुले त्यस्ता मुद्धाहरु कति खेप्नुभएको छ ?
अहिले पनि कोही परिसद्मा जान्छु भन्छन्, कोही बचत फिर्ता नभएकाले पनि विवाद गरिरहेका छन् । यस्ता सबै कुराहरु भोगिसकेका छौ ।

अहिले कार्यालय सञ्चालनमा छ कि के छ ?
अहिले कार्यालय नियमित रुपमा सञ्चालनमा छ । भुक्तानी कम छ तर अब कार्यालय सञ्चालनमा छ । अब विस्तारै अगाडी बढाउने सोचमा छौ ।

तपाईँको सहकारीमा कति सदस्य छन् ?
लगभग चार हजार ४५ सय सदस्य रहेका छन् ।

४०००।४५०० सदस्य भएको सहकारी समस्या मै छ भन्दा के हुन्छ ?
समस्या मै छ भन्न त मिल्दैन । जनताको पैसा बचत छ । हामीले पनि त्यो लगानी गरेर संस्थाले २ प्रतिशत राखेर लगानी गर्ने त हो । त्यही २ प्रतिशतको लोभमा लगानी भएको हुन्छ । त्यही लगानी नउठेपछि बचतकर्तालाई फिर्ता दिने ठाउँ त छैन । एउटा सिमित पैसाले निश्चित तरलता राखेको हुन्छ । त्यो तरलता पनि एउटा समय अवधिसम्म मात्र ओगट्ने हुन्छ । त्यो समयअवधि सकिएपछि त्यसले पनि ओगट्न सक्दैन । संस्थालाई निरन्तरता दिने भनेको ऋण र बजार हो त्यो दुवै ठप्प भइसकेपछि त ऋण र बजार आउदैन पैसा लिने मात्र आएपछि त्यसले कति बेलासम्म दिन सकिन्छ ।

अब यसको उपाय चाहिँ के हो ?
यसको उपाय भनेको पहिले त जति पनि हाम्रो विभागले गर्न पर्ने जिम्मेवारी छ त्यसलाई पूरा गरी सकारात्मक भावनाको विकास गराइदिन पर्छ । दोस्रोमा जिल्लामा जति पनि प्रशासनहरु छन् त्यसले पनि सन्देशमूलक कार्यक्रम राखेर सहकारीलाई अगाडी बढाउन पर्छ । स्पष्ट रुपमा देख्दा सहकारी मात्र बिग्रेको अवस्थामा देखियो तर त्यसका धेरै पाटोहरु छन् । सबै क्षेत्र त बिग्रको छ । सहकारीलाई बनाउने भनेको व्यवसायीहरुले हो त्यो व्यवसायी नै बिग्रिएपछि पैसा कहाँबाट आउछ ।

मेरो पैसा कहाँ गयो, कहाँ खर्च भयो भन्दा के जवाफ दिने ?
अब त्यो कुरामा हामीले के भन्छौ भने, बजारमा लगानी छ, अलि अलि जग्गामा लगानी गरेका छौ । बजारमा लगानी छ, त्यो उठ्न सकेको छैन । जसको जनताको पैसा लिएर जाने नियत भएको भए त उसले ११।१२ वर्ष सहकारी चलाएर त बस्दैन । ६०।७० करोड उसले जम्मा गरेर राखेर कुनै ठाउँमा जम्मा गरेको हुनुपर्याे, कि बैक खातामा हुनुपर्यौ,कि घरजग्गा जोडेको हुनुपर्यौ । त्यो सबै नभएपछि त लगानी नै हो नि ।

तपाईँले आफ्ना लागि सहकारीबाट केही गर्नुभएको छ ?
मैले आफ्ना लागि केही पनि गरेको छैन । अहिले सबै ठाउँमा गरिने प्रश्न पनि यही हो । तर भित्र रुपमा हेर्दा त लगानी भएको छ नि । हामीले प्रत्येक तिन, तिन महिना त व्याज दिएका थियौ नि त । त्यो लगानीबाट आएको होइन र ? अहिले हामीले बचत फिर्ता गर्न नसकेको पनि त्यही लगानी नउठेर नै हो । त्यो लगानी उठाउनको लागि प्रशासनिय तवरबाट पहल भएमा सहज हुन्छ ।

कस्तो खालको पहल चाहिएको हो ?
अहिले बचतकर्ताले गएर निवेदन दिन्छ हामीलाई बोलाइन्छ । उसको ५००० होस् २०००० होस् उसले बचत फिर्ता पाइन भनेर निवेदन दिएपछि हामीलाई बोलाइन्छ । तर संस्थाका व्यक्तिलाई लगानी गरेको रकम के छ, हामी पनि सहयोग गर्छौ भनेर सोध्नुभन्दा यो तपाईँहरुको मुद्धाको विषय हो भनेर हटाइन्छ । अब मुद्धामा जादाँ कहिले आउने पैसा? समस्या यहाँ छ । ऋण छिटो भन्दा छिटो असुल्ने तरिका भनेको प्रशासनिक निकायबाट गरिने पहल नै हो । ऋणीको लागि कडा नियम बनाए त उसले छिटो पैसा तिर्न आउछ र बचतकर्ताले फिर्ता पाउने हो ।

मेरो पैसा असुरक्षित छ भनेर कार्यालय घर्ने बचतकर्ताहरुको चित्त कसरी बुझाउनु हुन्छ ?
यो सन्दर्भमा मैले अहिलेसम्म तपाईँहरुको पैसा फिर्ता आउछ । हराएको छैन , लगानी भएको छ, लगानी उठेको छैन । हामी त्यसमा प्रयासरत छौ । म यही हुन्छु । म भाग्दिन त्यसैले तपाईँहरुको पैसा ढिलो चाँडो आउछ । त्यसमा नआत्तिनुस् भनेको छु । त्यही भएर पनि बचतकर्ताहरु पैसा फिर्ता आउछ भनेर ढुक्क हुनुहुन्छ । अहिले विस्तारै बचतकर्ताहरुले पनि बुझ्दै गएकाले पनि अलि सहज भएको छ । १०० मा २५ प्रतिशत डुबे पनि संस्था डुब्दैन । अब तपाईँहरुको पैसा सुरक्षित छ, हामीलाई काम गर्न दिनुस , हामी काम गर्छौ भनेका छौ ।

सहकारीमा समस्या भइरहदाँ बचतकर्ताहरु त तर्सिन्छन्,होइन हामी ठिक छौ भन्ने आधार चाहिँ के छ ?
त्यसमा विभिन्न कुराहरुले सहयोग गर्छ । बोर्डका सदस्यको स्टेटसले र उसको सबै कुराको पृष्ठभूमिले पनि असर गर्छ । हामी ११ वर्षसम्म टिकेका छौ । जनताको पैसा लिएर खाएर भाग्छु भनेर बसेको त होइन । यो संस्थालाई निरन्तरता दिएर पछि ठूलो बनाउने भन्ने उद्धेश्यले स्थापना गरेका हौ । हामी जस्तो परिपक्कता भएका मानिसले जुन किसिमले संस्था अगाडी लगेका छौ । आजसम्म टिक्नुको कारण पनि यही हो । अहिले विस्तारै बचतकर्ताको धारणा पनि परिवर्तन भइरहेको छ ।

संस्थालाई वा संस्थापकलाई समातेपछि पैसा आउछ भन्ने मानसिकता छ । यसको बारेमा के भन्नुहुन्छ ?
यो गलत हो । जो मान्छे संस्थाको सबै पैसा बोकेर हिडेको छ । त्यसलाई नै थुनेपछि कसरी बचत फिर्ता आउछ । जसलाई सबै जिम्मेवारी दिएको छ त्यसैलाई थुनेपछि बचत फिर्ता आउन गाह्रो छ ।

अहिलेको यो स्थिति आउनुमा सबैभन्दा कमजोरी चाहिँ कसको ?
सहकारी व्यापारिक तवरबाट अगाडी बढाइएकोले पनि समस्या भएको हो । दोस्रो कुरा सहकारी सहकारीबिचको प्रतिस्पर्धाका कारण व्याजमा वृद्धि भयो र त्यो वृद्धिका कारण संस्थालाई असर पारेको हो । ऋण लगानी गरेको ठाउँमा उठेको हुदैँन यता व्याज त दिदैँ जानुपर्यो यस्ता प्रतिस्पर्धाले पनि व्याजमा वृद्धि भएको हो । त्यो व्याजले पनि असर पारेको हो । अर्काे कुरा सहकारीको संख्यामा वृद्धि कारण पनि सहकारीमा असर परेको छ । सबै व्यवसायका मानिसहरु सहकारी खोल्न लागेका कारण पनि सहकारी अस्तव्यस्त बनेको छ ।

यो समस्या समाधानका लागि सरकारले कस्तो नीति निर्माण गर्नुपर्छ ? अहिले बनेको नीतिले के काम गरेको छ र योभन्दा पछाडी चाहि कस्तो नीति बन्दा राम्रो होला ?
यस्तो स्थिति आउछ भनेर कसैले सोचेको त थिएन । जसरी गैरजिममेवार किसिमले चलेको छ त्यस्तालाई कारबाही गर्नपर्छ । तर यो कारबाही गर्ने समय त होइन यो सहकारी बचाउने समय हो । यसलाई बचाएर अनि नियमन गराएर कुन कुन सहकारी कुन कुन ढंगल चलेको छ ? त्यसलाई बराबर रुपमा ल्याएर सञ्चालन गर्नुपर्छ । सरकारले एउटा स्पष्ट,जिम्मेवारी ढंगले बचाउ गर्न आवश्यक छ । प्रशासनले पनि के छ समस्याहरु भनेर सहयोग गर्न आवश्यक छ । कुनै पनि संस्था बन्द गर्ने,तोडफोड गर्ने, कर्मचारीलाई कुटपिट गर्ने काम बन्द गर्नुपर्छ ।

अन्त्यमा बचतकर्ताहरुको लागि तपाईँको सन्देश के छ ?
अबको दिनमा संस्थालाई बचाउनको लागि बचत सदस्य नै मेरुदण्ड हो । बचत सदस्यले नै फेरि त्यो संस्थालाई उठाउन लाग्नुपर्छ । उहाँहरु कै साथ चाहिन्छ । बचत सदस्यले बचत गरेर पनि संस्थालाई उठाउन हातेमालो गरेर सँगे गयौ भने संस्था अवश्य नै उठ्छ । अहिलेको अवस्थामा कुनै पनि बचत सदस्यले संस्था बन्द गरेर, कर्मचारीलाई कुटेर,सञ्चालकलाई थुनेर बचत असुल हुदैँन भन्ने सोच्नुपर्यौ र संस्थालाई नै जोगाउनु पर्याै ।

 


Thali Mobile Pvt.Ltd.