भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

गत सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च

गत सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च

काठमाडौं । गत सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च रहेको पाइएको छ । युरोपेली युनियनको मौसम अनुसन्धान केन्द्रका अनुसार गएको आइतवार पनि तापक्रमले अहिलेसम्मको रेकर्ड तोडेकोमा सोमवार फेरि अर्को रेकर्ड बनेको हो ।

गएको सोमवार अर्थात् जुलाई २२ मा औसत विश्वव्यापी तापक्रम १७ दशमलव १५ डिग्री सेल्सियस पुगेको थियो । आइतवारको विश्वव्यापी औसत तापक्रम १७ दशमलव शून्य नौ डिग्री सेल्सियस पुग्दा पनि रेकर्ड बनेको थियो ।

युरोपेली युनियनको कोपरनिकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुओन्टेम्पोले सन् २०२३ को जुलाई ६ तारिखमा विश्वको औसत तापक्रम १७ दशमलव शून्य आठ डिग्री सेल्सियस रहेकोमा १३ महिनाकै बीचमा तापक्रममा यति ठूलो भिन्नता आउनु आश्चर्यजनक कुरा भएको बताउनुभएको छ । जलवायु परिवर्तन बढ्दै जाँदा भविष्यका महिना र वर्षहरूमा नयाँ रेकर्डहरू देख्न बाध्य हुने पनि उहाँले बताउनुभएको छ । पृथ्वीको उत्तरी गोलार्धमा गर्मी बढ्दै जाँदा यसको असर विश्वभर देखिन थालेको खबरमा उल्लेख छ ।

अन्टार्कटिका र आर्कटिकमा समुद्री बरफको क्षति र समुद्री सतह बढ्दै गइरहेकाले भविष्यमा झनै जोखिमहरू आउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । तापक्रम अत्यधिक बढाउन भूमिका खेल्ने एल निनो प्रणाली यस वर्षको शुरुमै सकिएको थियो तर त्यसको असर अहिले पनि देखिइरहेको छ । सन् २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुनसक्ने सङ्केत देखिएको वैज्ञानिकहरूले बताएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.