काठमाडौं । गत सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च रहेको पाइएको छ । युरोपेली युनियनको मौसम अनुसन्धान केन्द्रका अनुसार गएको आइतवार पनि तापक्रमले अहिलेसम्मको रेकर्ड तोडेकोमा सोमवार फेरि अर्को रेकर्ड बनेको हो ।
गएको सोमवार अर्थात् जुलाई २२ मा औसत विश्वव्यापी तापक्रम १७ दशमलव १५ डिग्री सेल्सियस पुगेको थियो । आइतवारको विश्वव्यापी औसत तापक्रम १७ दशमलव शून्य नौ डिग्री सेल्सियस पुग्दा पनि रेकर्ड बनेको थियो ।
युरोपेली युनियनको कोपरनिकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुओन्टेम्पोले सन् २०२३ को जुलाई ६ तारिखमा विश्वको औसत तापक्रम १७ दशमलव शून्य आठ डिग्री सेल्सियस रहेकोमा १३ महिनाकै बीचमा तापक्रममा यति ठूलो भिन्नता आउनु आश्चर्यजनक कुरा भएको बताउनुभएको छ । जलवायु परिवर्तन बढ्दै जाँदा भविष्यका महिना र वर्षहरूमा नयाँ रेकर्डहरू देख्न बाध्य हुने पनि उहाँले बताउनुभएको छ । पृथ्वीको उत्तरी गोलार्धमा गर्मी बढ्दै जाँदा यसको असर विश्वभर देखिन थालेको खबरमा उल्लेख छ ।
अन्टार्कटिका र आर्कटिकमा समुद्री बरफको क्षति र समुद्री सतह बढ्दै गइरहेकाले भविष्यमा झनै जोखिमहरू आउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । तापक्रम अत्यधिक बढाउन भूमिका खेल्ने एल निनो प्रणाली यस वर्षको शुरुमै सकिएको थियो तर त्यसको असर अहिले पनि देखिइरहेको छ । सन् २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुनसक्ने सङ्केत देखिएको वैज्ञानिकहरूले बताएका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले...
एजेन्सी । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच झडप भएकाे छ । झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।...
काठमाडौं । कतारमा इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । पन्ध्र महिनादेखि जारी युद्धको अन्त्य हुने अपेक्षासहित युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने बताइएको छ...
एजेन्सी । दक्षिणपश्चिम चीनको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो पराकम्पहरू ३ म्याग्निच्युडभन्दा कम भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।...