भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षाले सडक बगाउँदा कालिगण्डकी करिडोर अवरुद्ध

वर्षाले सडक बगाउँदा कालिगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालिगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका १ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारीसाधनको आवतजावत ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन समेत रोकिएको बताए। वर्षा रोकिएपछि करिडोर खुलाउने प्रयास गर्ने उनले जानकारी दिए।

अविरल वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ। खासगरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका(२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो। यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए। रासस

 


Thali Mobile Pvt.Ltd.