भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

एमालेको गणतन्त्र जागरण: तीनकुनेबाट मोटरसाइकल र्‍याली

एमालेको गणतन्त्र जागरण: तीनकुनेबाट मोटरसाइकल र्‍याली

काठमाडौं, १८ चैत २०८१ । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दैछ। गणतन्त्रको पक्षमा जनचेतना फैलाउने उद्देश्यले आयोजित यो र्‍याली काठमाडौं उपत्यकामा संयुक्त रूपमा हुनेछ। एमाले महासचिव शंकर पोखरेलका अनुसार बेलुका ४ बजे तीनकुनेमा जम्मा भएर र्‍याली सुरु हुनेछ।

“प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ, लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता देखाऔँ,” पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्। एमालेले यो र्‍यालीमार्फत गणतन्त्रको रक्षा र लोकतन्त्रप्रति प्रतिबद्धता जाहेर गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.