भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

काठमाडौं । हमासका प्रमुख नेता याह्या सिनवार मारिएको इजरायली सेनाले दावी गरेको छ । सैन्य कारवाहीका क्रममा दक्षिणी गाजामा मारिएका हुन् । सिनवार योजनावद्ध विशेष सैन्य कारवाहीमा भने मारिएका होइनन् । इजरायली सेनाले गरिरहेको नियमित कारवाहीमा परी सिनवारको मृत्यु भएको हो ।
सन् २०१७ देखि हमासको सैन्य समूहको नेतृत्व गरिरहेका थिए ।

गत वर्षको ७ अक्टोबरमा इजरायलमा भएको हमलाको मुख्य योजनाकारका रुपमा सिनवार रहेको बेलायत, अमेरिका र इजरायलले जनाएका छन् । ७ अक्टोबरको हमलामा इजरायलमा झण्डै १२ सय जना मारिनुका साथै २ सय ५० जनाभन्दा बढीलाई बन्धक बनाइएको थियो । गाजामा हमास विरुद्धको युद्धमा याह्या सिनवारको हत्या इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो ।

सिनवारको मृत्यु हमासको लागि भने गम्भीर धक्का लागेको छ । उनी योजनाबद्ध विशेष सैन्य कारवाहीमा मारिएका नभई दक्षिणी गाजाको रफाहमा इजरायली सेनासँगको अपर्झटको भिडन्तमा मारिएका हुन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सैनिकको प्रशंसा गर्दै जतिसुकै ठूलो जित भए पनि यो युद्धको अन्त्य नभएको बताइएको छ । सिनवार सुरक्षाका लागि इजरायली बन्धकहरुसँगै यात्रा गर्ने गरेको दाबी गरिन्थ्यो ।

 


Thali Mobile Pvt.Ltd.