भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

सैन्य कारवाहीमा हमासका प्रमुख नेता मारिएको पुष्टि

काठमाडौं । हमासका प्रमुख नेता याह्या सिनवार मारिएको इजरायली सेनाले दावी गरेको छ । सैन्य कारवाहीका क्रममा दक्षिणी गाजामा मारिएका हुन् । सिनवार योजनावद्ध विशेष सैन्य कारवाहीमा भने मारिएका होइनन् । इजरायली सेनाले गरिरहेको नियमित कारवाहीमा परी सिनवारको मृत्यु भएको हो ।
सन् २०१७ देखि हमासको सैन्य समूहको नेतृत्व गरिरहेका थिए ।

गत वर्षको ७ अक्टोबरमा इजरायलमा भएको हमलाको मुख्य योजनाकारका रुपमा सिनवार रहेको बेलायत, अमेरिका र इजरायलले जनाएका छन् । ७ अक्टोबरको हमलामा इजरायलमा झण्डै १२ सय जना मारिनुका साथै २ सय ५० जनाभन्दा बढीलाई बन्धक बनाइएको थियो । गाजामा हमास विरुद्धको युद्धमा याह्या सिनवारको हत्या इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो ।

सिनवारको मृत्यु हमासको लागि भने गम्भीर धक्का लागेको छ । उनी योजनाबद्ध विशेष सैन्य कारवाहीमा मारिएका नभई दक्षिणी गाजाको रफाहमा इजरायली सेनासँगको अपर्झटको भिडन्तमा मारिएका हुन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सैनिकको प्रशंसा गर्दै जतिसुकै ठूलो जित भए पनि यो युद्धको अन्त्य नभएको बताइएको छ । सिनवार सुरक्षाका लागि इजरायली बन्धकहरुसँगै यात्रा गर्ने गरेको दाबी गरिन्थ्यो ।

 


Thali Mobile Pvt.Ltd.