भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युरोपेली मुलुकहरुसँग अब श्रम सम्झौता गर्ने तयारी

युरोपेली मुलुकहरुसँग अब श्रम सम्झौता गर्ने तयारी

काठमाडौं । नेपालको वैदेशिक रोजगारी खाडी मुलुक केन्द्रित थियो । अब त्यसलाई प्राथमिकता नदिएर नयाँ गन्तव्य मुलुकहरूसँग श्रम सम्झौताको तयारी सरकारले गरेको छ । हालसम्म १२ वटा मुलुकमा श्रम सम्झौता गरिसकेको नेपालले अब युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि विभिन्न चरणका छलफल गदै आएको छ ।

पछिल्लो समय युरोपका मुलुकबाट नेपाली दक्ष कामदारको माग बढी आएका कारण त्यसतर्फ सरकारले तयारी थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अहिले युरोपेली मुलुकहरू जर्मन, स्पेन, पोर्चुगल, माल्टा, पोल्यान्ड, क्रोएसियाबाट नेपाली दक्ष कामदारको माग बढी आएको हो ।

खाडी भन्दा युरोपियन मुलुकमा राम्रो सेवा सुविधा सहित सुरक्षित रोजगारीको व्यवस्था भएका कारण नेपाली कामदारलाई युरोप गन्तव्य बनाउने तयारी गरेको हो । सम्बन्धित मुलुकका नेपाल स्थित नियोगसँग निरन्तर छलफलमा रहेको र केही मुलुकसँग आउँदो मङ्सिर भित्र श्रम सम्झौता गर्ने तयारी भएको छ । युरोपका मुलुकमा दक्ष कामदार पठाउने गरी द्विपक्षीय श्रम सम्झौता गर्ने तयारी मन्त्रालयको छ ।

२०५२ सालदेखि मलेसिया, कतार, कोरिया, युएई, बहराइन, जापान, इजरायल, मोरीसस, जोर्डन, कुवेत, रोमानिया साउदी अरविया गरी १२ वटा मुलुकसँग श्रम सम्झौता गरिसकेको छ । संस्थागत र व्यक्तिगत रूपमा कामदारहरू वैदेशिक रोजगारका लागि जाने गरेका छन् । २०५२ सालदेखि हालसम्म करिब ८४ लाख नेपाली कामदारले श्रम स्कीकृत लिई सकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.