भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई पितृशोक परेको छ । बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको हो ।

भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतमबुद्ध मुटु अस्पताल बुटवल लगिएको थियो । उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक स्रोतले जनाएको छ । अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने ज्वाई कृष्णध्वज खड्काले जानकारी दिए ।

शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् । सयौं कविता पत्रपत्रिकामा प्रकाशित छन् । चार छोरी र एक छोरा छन् । शर्माको जन्म विसं १९९७ साल जेठ १५ गते भएको थियो । श्रीमति पार्वतादेवी पौडेलको २०७७ चैत ९ गते निधन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.