भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई पितृशोक परेको छ । बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको हो ।

भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतमबुद्ध मुटु अस्पताल बुटवल लगिएको थियो । उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक स्रोतले जनाएको छ । अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने ज्वाई कृष्णध्वज खड्काले जानकारी दिए ।

शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् । सयौं कविता पत्रपत्रिकामा प्रकाशित छन् । चार छोरी र एक छोरा छन् । शर्माको जन्म विसं १९९७ साल जेठ १५ गते भएको थियो । श्रीमति पार्वतादेवी पौडेलको २०७७ चैत ९ गते निधन भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.