भोलिदेखि धरहरा खुला, हाललाई प्रवेश निःशुल्क

भोलिदेखि धरहरा खुला, हाललाई प्रवेश निःशुल्क image

काठमाडौं । भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषदले गरेको थियो ।

संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) परियोजनालाई सरकारले निर्देशन दिएको थियो । भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गरिएको छ ।

वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको परियोजनाका प्रमुख कोषनाथ अधिकारीले बताए । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनको भनाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda