भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सन्दीप लामिछानेविरुद्ध जवाफी बहस सकेर फैसला सुनाउने तयारी

सन्दीप लामिछानेविरुद्ध जवाफी बहस सकेर फैसला सुनाउने तयारी

काठमाडौं । सुनुवाइ बिहीबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज फैसला हुन सक्ने सम्भावना रहेको छ ।
काठमाडौँ जिल्ला अदालतलमा न्यायाधीश शिशिर ढकालको इजलाशमा भइरहेको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन् । हिजो पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले शुक्रबार पनि त्यसलाई निरन्तरता दिइने जनाइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए शुक्रबारै मुद्दाको फैसला हुने जनाएको छ ।

आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा यो मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ । न्यायाधीश ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.