भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सन्दीप लामिछानेविरुद्ध जवाफी बहस सकेर फैसला सुनाउने तयारी

सन्दीप लामिछानेविरुद्ध जवाफी बहस सकेर फैसला सुनाउने तयारी

काठमाडौं । सुनुवाइ बिहीबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज फैसला हुन सक्ने सम्भावना रहेको छ ।
काठमाडौँ जिल्ला अदालतलमा न्यायाधीश शिशिर ढकालको इजलाशमा भइरहेको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन् । हिजो पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले शुक्रबार पनि त्यसलाई निरन्तरता दिइने जनाइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए शुक्रबारै मुद्दाको फैसला हुने जनाएको छ ।

आइतबारदेखि न्यायाधीश ढकालको इजलासमा यो मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ । न्यायाधीश ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.