भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरमा शनिबार योमरी उत्सव तथा सांस्कृतिक कार्यक्रमसहितको सम्पदा पदयात्रा हुने

भक्तपुरमा शनिबार योमरी उत्सव तथा सांस्कृतिक कार्यक्रमसहितको सम्पदा पदयात्रा हुने

भक्तपुर । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित भक्तपुर नगरपालिकाले सम्पदा यात्रा गर्ने भएको छ । २०८० पुस १४ गते शनिबार (भोलि) सम्पदा यात्रामा बहा,बहीहरु चिनाउने उदेश्य रहेको छ ।

‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यले आयोजित सम्पदा पदयात्रा विहान १० बजेदेखि सुरु हुने छ ।
भनपा वडा नं ५ टौमढीबाट सुरु हुने सम्पदा यात्रा भनपा ७ याता गोल्मढीमा पुगी सम्पन्न गरिनेछ ।

सम्पदा पदयात्रा अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो) बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) रुटमा हुने सम्पादा यात्रा हुने छ । यात्रामा योमरी उत्सव तथा सांस्कृतिक समेत हुने छ ।

 


Thali Mobile Pvt.Ltd.