भर्खरै : Sorry, your browser does not support inline SVG.

ट्राफिक नियम उल्लंघन गरेकालाई सडकमा उभ्याउनु मानव अधिकारको हनन भयोः राज्य व्यवस्था समिति

ट्राफिक नियम उल्लंघन गरेकालाई सडकमा उभ्याउनु मानव अधिकारको हनन भयोः राज्य व्यवस्था समिति

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ । आज समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् ।

सभापति खतिवडाले ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिले छिट्टै बैठक राख्ने जानकारी पनि दिए । खतिवडाले फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउने पद्धति गलत भएको बताए ।

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा १५ जेठमा महिनावारीका बेला महिला ट्राफिक प्रहरी सडकमा खटिनु नपर्ने र ट्राफिक कारबाहीमा परेका व्यक्तिले स्वयम्‌सेवक बनेर सडकमा काम गर्नुपर्ने निर्णय गरेका थिए । उक्त निर्णय १६ जेठदेखि कार्यान्वयनमा आइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.