भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्ता पक्षले पेलेर लैजाने, कांग्रेसले हिउँदे अधिवेशन बैठक चल्न नदिने

सत्ता पक्षले पेलेर लैजाने, कांग्रेसले हिउँदे अधिवेशन बैठक चल्न नदिने

काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद अधिवेशन आज रातिबाट अन्त्यका लागि सरकारले सिफारिस गरिसकेको छ ।

बिहान ११ बजेको संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूची बारे छलफल गरिनेछ । बैठकको अन्तिममा राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउने छन् । आजको बैठकलाई कांग्रेसले अवरोध गर्ने तयारी गरेको छ ।

चैत २८ गतेको बैठकमा कांग्रेसले नाराबाजी गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान काँग्रेसले लिएको छ भने सत्ता पक्षले पेलेर लैजाने छनक देखाएको छ।

 


Thali Mobile Pvt.Ltd.