भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

के गर्दैछ सरकार ? ६ संसदीय समिति बैठकका यस्ता छन् कार्यसूची

के गर्दैछ सरकार ? ६ संसदीय समिति बैठकका यस्ता छन् कार्यसूची

काठमाडौं । सरकार के गर्दै छ भन्ने आम नागरिकको चाँसोको विषय बनेको छ । संसद्‌का ६ वटा समिति बैठक आज बस्न लागेका छन् । प्रतिनिधि सभाका ४ र राष्ट्रिय सभाका २ समितिका बैठक बस्न लागेका हुन् । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक बिहान ११ बजे बस्दै छ भने प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ११ बजे बोलाइएको छ।

संसद्‌ सचिवालयस्थित समितिको हलमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आव २०८१, ०८२ को कार्यक्रम तथा हालसम्मका प्रगतिबारे छलफल हुने कार्यसूची तय गरेको छ। बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनबारे छलफल हुँदैछ।

पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची छ। विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरूसँग छलफल गर्दैछ । दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची छ।

 


Thali Mobile Pvt.Ltd.