भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता, व्यापार विवादबीच एकअर्कालाई भ्रमणको निम्तो

ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता, व्यापार विवादबीच एकअर्कालाई भ्रमणको निम्तो

एजेन्सी । कर वृद्धिका कारण चिसिएको अमेरिका–चीन सम्बन्धको पृष्ठभूमिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ।

डेढ घण्टासम्म चलेको वार्तामा मुख्य रूपमा दुई देशबीचको व्यापार विवादबारे कुराकानी भएको पुष्टि दुवै देशका अधिकारीहरूले गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत् वार्ता सकारात्मक रहेको उल्लेख गरेका छन्। गत फेब्रुअरीमा ट्रम्पले चिनियाँ सामानहरूमा उच्च कर लगाएपछि दुई देशबीचको व्यापार सम्बन्ध तनावग्रस्त बनेको थियो।

वार्ताको क्रममा ट्रम्प र सी दुबैले एकअर्कालाई आफ्ना देशको भ्रमणका लागि निम्तो दिएका छन्। ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको बैठकका क्रममा ट्रम्पले आफूलाई सीले चीन भ्रमणमा बोलाएको बताएका छन्।

चीनले पनि ट्रम्पलाई भ्रमणको निम्तो दिएको पुष्टि गरेको छ। तर ट्रम्पले सीलाई अमेरिकाको भ्रमणमा बोलाएकोबारे भने खुलाइएको छैन। ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिकालमा चीन भ्रमण गरिसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.