वागीश्वरीमा शुभकामना आदानप्रदान तथा विद्यार्थीहरुलाई स्वागत

वागीश्वरीमा शुभकामना आदानप्रदान तथा विद्यार्थीहरुलाई स्वागत

भक्तपुर । नेपालीहरूको दोस्रो महान् चाड तिहार र नेपाल संवत् ११४५ तथा छठको अवसरमा शुभकामना तथा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम बुधबार कमलविनायक र च्याम्हासिंहमा छुट्टाछुट्टै सम्पन्न भयो ।

वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा कमलविनायकमा भएको कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यलाई साकार पार्न भक्तपुर नगरपालिकाले हरेक विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न शैक्षिक एवं अतिरिक्त क्रियाकलापलाई स“गस“गै अगाडि बढाउ“दै लगेको बताउनुभयो ।

“विद्यालयस्तरीय खेलकुद महोत्सव एउटा उदाहरण हो ।”, उहा“ले भन्नुभयो । विश्वविद्यालय अनुदान आयोगबाट वागीश्वरी कलेजले छिटोभन्दा छिटो गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउ“दै उहा“ले जनताको सेवा गर्ने अवसरलाई अझ वृहत्तर रुपमा अगाडि बढाउन नेपाल सरकारले ख्वप विश्वविद्यालयको विधेयक चा“डो संसदमा पेश हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको ७७ वटै जिल्लाका विद्यार्थीहरु भक्तपुरमा अध्ययनरत रहेको जानकारी दि“दै उहा“ले जनतालाई सस्तो र गुणस्तरीय शिक्षा दिनको निम्ति भक्तपुर नगरपालिका अघि बढिरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपालीहरु तिहार मनाइरह“दा विश्वमा अमेरिकी साम्राज्यवादको आडमा इजरायली फासीवादले प्यालेस्टाइनी विद्यार्थीहरुमाथि भइरहेको निर्मम नरसंहारविरुद्ध प्यालेस्टाइनी जनताको पक्षमा नेपाली विद्यार्थीहरुले अन्तर्राष्ट्रिय ऐक्यबद्धता जनाउन आवश्यक छ भन्नुभयो ।

विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जनताको ऋणमोचन गरिदिने शंखधर साख्वको जनश्रुतिलाई सम्झ“दै देशलाई ऋणमा डुबाउने देशद्रोहीहरुबाट देशलाई बचाउन आज पनि नव शंखधर साख्वाको आवश्यकता छ भन्नुभयो । उहा“ले विदेशी भूमिको बालुवामा सुन फलाउन नेपाली युवाहरुको पसिना प्रयोग भएकोमा वैदेशिक नीतिप्रति विरोध गर्दै नेपाली उर्वरभुमीमा सुन फलाउन नेपाली युवाको पसिना आवश्यक रहेको उहा“ले बताउनुभयो ।

उहा“ले तिहारलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा मनाउन पटाकामुक्त र जुवाता“समुक्त बनाउनु आवश्यक छ भन्नुभयो । विद्यार्थी राज कुस्माको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, विद्यार्थीहरु अनुभव आचार्य, मनोज कुटुवा, रेश्मा श्रेष्ठ र अनुषा प्याठ, दिपिका अधिकारी र प्रकाश रोकायाले पनि बोल्नुभएको थियो ।

विद्यार्थी हित समिति वागीश्वरी एकाइ समितिद्वारा च्याम्हासिंहमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा ९ नं वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरका विभिन्न चाड र संवत्को उल्लेख गर्दै तिहार प्रकृति र वातावरणसापेक्ष रहेको बताउनुभयो । उहा“ले विद्यार्थीतिर सङ्केत गर्दै भन्नुभयो, “तपाई“हरूले आजैदेखि यसरी यस्ता कार्यक्रम सञ्चालन गर्दै जानुभयो भने पछि अन्य विद्यार्थीहरूले पनि सिक्छन् ।

पढाइ भन्ने कुरा कक्षाकोठामा मात्रै सिकिने कुरा होइन । हामी मोबाइल, कम्प्युटर र भ्रमणबाट पनि सिक्छौ“ ।” विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले शुभकामना कार्यक्रमको लागि विद्यार्थी हित समितिलाई धन्यवाद दि“दै विद्यार्थीहरुले किताबी ज्ञानस“गस“गै राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा पनि जानकारी राख्नु आवश्यक छ भन्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवालले शिक्षा संविधानमा निःशुल्क भनिए पनि व्यवहारमा लागू नभएकोले आफूहरूले ध्यानाकर्षण गराउ“दै आएको बताउ“दै विद्यार्थीले कुनै विषयमा ठिक बेठिक छुट्याउन सक्षम हुनुपर्ने आवश्यकता बोध गराउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.