भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

देउसी भैलो रनिङ्ग शिल्डको उपाधी सरस्वती माविलाई

देउसी भैलो रनिङ्ग शिल्डको उपाधी सरस्वती माविलाई image

भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमीले २०६५ सालयता जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता गर्दै आइरहेको छ ।

यो वर्षको प्रतियोगितामा सरस्वती मावि प्रथम, महेन्द्र विद्याश्रम दोस्रो र एड्भान्स एकेडेमीले तृतियस्थान प्राप्त गरेका छन् । सान्तवना स्थानमा विनायक शिक्षा निकेतन र जनप्रेमी उच्च मावि भएका छन् । कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले नगरपालिकाले निरन्तर रुपमा सम्पदा संरक्षण सँगसँगै कला र सँस्कृतिको संरक्षण गरिरहेको अवगत गराउनु भयो ।

उहाँले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी विद्यार्थीहरुलाई कला,संस्कृति र सम्पदा सम्बन्धी ज्ञान दिन खोजिरहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि बाजुरा जिल्लाका न्यायाधीस लालकाजी श्रेष्ठले नेपाल विभिन्न जात जाती र धर्म सँस्कृति मान्ने थलो भएको हुँदा धार्मिक सहिष्णुता र एक आपसमा सद्भाव रहीआएको चर्चा गर्नुभयो ।

प्रतियोगितामा भक्तपुरका ११ वटा विद्यालयले देउसी भैलो कार्यक्रममा सहभागिता जनाएका कार्यक्रमका सभापति एवं विद्यालयका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.