भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

साउनको पहिलो सोमवार: देशभर शिवालयमा भक्तजनको घुइँचो, पशुपतिमा निःशुल्क बस सेवा

साउनको पहिलो सोमवार: देशभर शिवालयमा भक्तजनको घुइँचो, पशुपतिमा  निःशुल्क बस सेवा

काठमाडौँ,  ५  साउन । साउन महिनाको पहिलो सोमवारको अवसरमा आज देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। विशेष गरी काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भीड व्यवस्थापन गर्न विविध तयारी गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आजको दिन पशुपतिनाथ मन्दिरका चारवटै मूल ढोका बिहान सबेरैदेखि खुला गरिएको हो। भीड व्यवस्थापन तथा दर्शनार्थीको सहुलियतका लागि यसपटक पहिलोपटक निःशुल्क सार्वजनिक बस सेवा पनि सञ्चालनमा ल्याइएको छ।

चारवटा सार्वजनिक बसहरू चक्रपथ क्षेत्रका विभिन्न स्थानबाट भक्तजनलाई पशुपतिनाथ मन्दिरसम्म निःशुल्क पुर्‍याइरहेका छन्। तीमध्ये दुईवटा बस गीता प्रेस नेपाल बुक डिपोको व्यवस्थापनमा सञ्चालनमा छन् भने अन्य दुईवटा बस उच्च राष्ट्रिय यातायात व्यवसायी महासङ्घले उपलब्ध गराएको हो।

पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीलाई लामो लाइनमा समय नलाग्ने गरी व्यवस्थापन गरिएको छ। कोषले भक्तजनहरूलाई लाइनमा बसेको करिब एक घण्टामै दर्शन गराएर फर्कन सक्ने सुविधा दिएको जनाएको छ। यसका अतिरिक्त, नेपाली सेनाको कल्याणकारी कोषले मूल मन्दिर बाहिर टेन्टको व्यवस्था गरेर घाम तथा वर्षाबाट भक्तजनलाई जोगाउने प्रयास गरेको छ।

साउन महिनालाई भगवान शिवको प्रिय महिना मानिन्छ। विशेष गरेर महिलाहरूले हरियो पहिरन, चुरा, मेहन्दी लगाएर शिव पूजामा सहभागी हुने परम्परा यस महिनामा झन् व्यापक हुन्छ। आजको दिन पशुपतिसहित देशभरका प्रमुख शिवालयहरूमा शिवभक्तहरूको उपस्थिति उल्लेख्य रहेको छ।

 


Thali Mobile Pvt.Ltd.