भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सूर्यविनायक–७ मा सयपत्री फूल खेती प्रवर्द्धन, ३१५ किसानलाई ६९ हजार बेर्ना वितरण

सूर्यविनायक–७ मा सयपत्री फूल खेती प्रवर्द्धन, ३१५ किसानलाई ६९ हजार बेर्ना वितरण

भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम वडा नं. ७ को आयोजना र गुण्डूस्थित साना किसान कृषि सहकारी संस्थाको सहकार्यमा बेर्ना वितरण कार्य सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै  पूर्वमन्त्री अतिथि महेश बस्नेतले कृषि आत्मनिर्भरताको मेरुदण्ड भएको उल्लेख गर्दै पुष्पखेती जस्ता नविनतम कार्यक्रमले ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख सरिता तिम्सिनाले नगरपालिकाले किसानमैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको बताउँदै सहकारीको भूमिकाको प्रशंसा गर्नुभयो।

बेर्ना सहकारीमार्फत उत्पादन गरिएको हो, र लागत साझेदारीको आधारमा किसानहरूलाई वितरण सहकारी अध्यक्ष सबिता बस्नेतले जानकारी दिनुभयाे । उहाँले उत्पादनमूलक कृषि प्रणालीमार्फत किसानको जीवनस्तर उकास्ने उद्देश्य राखिएको बताउनुभयो।

पुष्पखेती प्रवर्द्धन कार्यक्रम सूर्यमुखी भविष्यतर्फको संकेत हो जहाँ किसानको खेत मात्र उत्पादनको थलो होइन, आत्मनिर्भरताको आधार बन्ने विश्वास कार्यक्रमले लिएकाे छ । कार्यक्रममा सूनपाका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत उपस्थित समेत उपस्थित  हुनुहुन्थ्यो।

वडा अध्यक्ष रविन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कृषि शाखा प्रमुख शान्तिला बुढाथोकी, सहकारी अध्यक्ष सबिता बस्नेत, प्राविधिक टोली, कर्मचारी तथा स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियाे । कार्यक्रममा ३१५ जना किसानलाई कुल ६९,००० वटा सयपत्री फूलको बेर्ना वितरण गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.