चालु आवको १० महिनामा साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात

चालु आवको १० महिनामा साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात

काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले साढे दुई अर्ब रुपैयाँ बराबरको सिमेन्ट र सिमेन्ट क्लिङ्कर भारतमा निर्यात गरेको छ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, २०७९ वैशाख मसान्तसम्म कुल २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७७२,१०४ मेट्रिक टन सिमेन्ट र क्लिङ्कर भारत पठाइएको हो।

तथ्यांकअनुसार, कुल निर्यातमध्ये ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्करको मूल्य ६४ करोड ९२ लाख १९ हजार रुपैयाँ रहेको छ। यस्तै, १ अर्ब ७६ करोड ९६ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट भारतमा निर्यात गरिएको उल्लेख छ।

नेपालमा हाल दर्जनौं सिमेन्ट उद्योग सञ्चालनमा छन्, जसले आन्तरिक माग मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न थालेको संकेत यस तथ्यांकले दिएको छ। निर्यात बढ्दै जानुले औद्योगिक उत्पादनको वृिद्ध, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.