भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्ने

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन आह्वान, २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्ने

काठमाण्डौ, १९ कार्तिक । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले आज सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम योग्य उद्यमीहरूबाट आवेदन माग गरेको हो।

कर्जा लिन इच्छुक उद्यमीहरूले कार्यविधिको दफा–४ अनुसार आवश्यक योग्यता पूरा गरेको हुनुपर्नेछ। साथै आवेदकमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको हुनुपर्ने उल्लेख गरिएको छ।

सूचनाअनुसार, इच्छुक उद्यमीहरूले आउँदो २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ। प्रस्ताव तोकिएको ढाँचामा अनलाइनमार्फत पेस गर्न सकिने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.