भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

एसईईको नतिजामा सुधार भएको बोर्डको दाबी

एसईईको नतिजामा सुधार भएको बोर्डको दाबी

काठमाडौं । यस वर्षको एसईई नतिजा गएको वर्षभन्दा सुधार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।आज सार्वजनिक भएको नतिजाअनुसार सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गरेसँगै ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना फेल भएका छन्।

बोर्ड अध्यक्ष महाश्रम शर्माले माथिल्लो जीपीए ल्याउनेको संख्या बढेसँगै नतिजा सुधार भएको दाबी गर्छन् । ‘नन ग्रेडेड’ हुने विद्यार्थीको संख्या बढे पनि धेरै विषयमा अनुत्तीर्ण हुनेको संख्या घटेको उनको भनाइ छ । यस वर्ष अघिल्ला वर्षहरूझैँ गणित विषयमा सबैभन्दा धेरै एक लाख ७७ हजार ९८५ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

यस वर्ष ३.२ देखि ३.६ सम्म जीपीएसहित ६८ हजार २५६ जना उत्तीर्ण भएका छन् । यही जीपीए ल्याउने विद्यार्थी वर्ष २०७९ मा ५५ हजार ६९ जना थिए । यस वर्ष जीपीए २.८० देखि ३.२० सहित सबैभन्दा धेरै ७८ हजार ८७४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.