भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा तीन दिनदेखि अत्यधिक तापक्रम वृद्धिका कारण २५ जनाको ज्यान गएको छ । गर्मीका कारण स्वास्थ्यमा समस्या भएपछि अरू धेरै जनालाई अस्पतालमा भर्ना गरिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

उच्च तापक्रमका कारण धेरै बिरामीमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकले बताएका बीबीसीले जनाएको छ । मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार समुद्री हावाको अवरोधका कारण कराँचीमा विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मौसम विभागले अब छिटै कराँचीमा समुद्री हावा फेरि शुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.