भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीमा तीन दिनदेखि अत्यधिक तापक्रम वृद्धिका कारण २५ जनाको ज्यान गएको छ । गर्मीका कारण स्वास्थ्यमा समस्या भएपछि अरू धेरै जनालाई अस्पतालमा भर्ना गरिएको त्यहाँका स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

उच्च तापक्रमका कारण धेरै बिरामीमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकले बताएका बीबीसीले जनाएको छ । मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार समुद्री हावाको अवरोधका कारण कराँचीमा विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मौसम विभागले अब छिटै कराँचीमा समुद्री हावा फेरि शुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.