भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

जनकपुरधाम । धनुषाका पाँच स्थानीय तहका पिछडिएका समुदायको उत्थानका निम्ति विविध स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको छ । ‘प्लान इन्टरनेसनल नेपाल’ नामक संस्थाले शिक्षा, स्वास्थ्य सेवाका साथै सीपमूलक तालिम प्रदान गरेको हो ।

विदेह, सहिद, कमला, सबैला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा रु चार करोड ९८ लाख ७८ हजार ३११ खर्च गरेर ती कार्यक्रम सञ्चालन गरेको हो ।

अपाङ्ग, बालबालिका, महिला, युवा तथा बेरोजगारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य तथा उद्यमशीलता र रोजगारसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाका कार्यक्रम अधिकृत वेदप्रसाद भूर्तेलले बताए ।

परियोजना सञ्चालित स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन गर्न आसमान नेपाल, सामुदायिक परिवार कल्याण सङ्घ, जानकी महिला जागरण समाज तथा सपोर्ट नेपालसँग प्लानले साझेदारी गरेको उनले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.