भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शेखर कोइरालाको आरोप: राजा वीरेन्द्रको सम्पत्तिमा समेत एमालेको आँखा, कुलिङ पिरियड हटाउने चाल पनि एमालेकै

शेखर कोइरालाको आरोप: राजा वीरेन्द्रको सम्पत्तिमा समेत एमालेको आँखा, कुलिङ पिरियड हटाउने चाल पनि एमालेकै

काठमाडौं,  ३१ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका छन् । उनले निजामती सेवा विधेयकमा “कुलिङ पिरियड” हटाउने रणनीति एमालेले नै सुरु गरेको र भूमि विधेयकमार्फत राज्यको सम्पत्तिमा पनि एमालेको ध्यान केन्द्रित भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले भने, “हामीले निजामती विधेयकमा कुलिङ पिरियड राख्ने व्यवस्था गरेका थियौं,  तर यसलाई हटाउने खेल एमालेबाट सुरु भयो । पहिले त हामीले लुकायौँ,  तर अब लुकाउनुपर्ने आवश्यकता छैन । राष्ट्रिय सभामा एमाले सांसदहरूले माथिल्लो नेतृत्वको निर्देशनमा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।”

कोइरालाले भूमि सम्बन्धी विधेयकबारे पनि कडा आलोचना गरे । उनका अनुसार, खाली जग्गा देखेपछि एमालेको नजर पुगिहाल्ने गरेको छ । “गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा लागेको छ, पोखराको लिचीबारी, गिरीबन्धु टी स्टेट – जताततै एमालेको मात्र सुनिन्छ,” उनले भने ।

त्यस्तै, उनले संघीय मामिला मन्त्रीले नै राजीनामा दिएको सन्दर्भ उल्लेख गर्दै भूमि सुधार मन्त्री अझै पदमा टाँसिएर बसेको आरोप पनि लगाए । कास्कीमा एमाले जिल्ला कमिटीले नै मन्त्रीको राजीनामा मागेको तर कांग्रेसले चुप बस्नु परेको अवस्था रहेको उनले बताए ।

रेशम चौधरी नेतृत्वको पार्टीप्रति इंगित गर्दै उनले पार्टी अध्यक्ष र सांसदहरूलाई बिचौलिया करार गरे । “जसको सांसद बिचौलिया हुन्छ, त्यो देशको अवस्था के होला ?” भन्दै उनले चिन्ता व्यक्त गरे । भूमि विधेयकमा कांग्रेस सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरे पनि भूमि मन्त्रीले त्यसलाई स्वीकार नगरेको भन्दै बैठक नै बस्न नसकेको जानकारी पनि उनले दिए ।

कोइरालाले अन्त्यमा सरकारलाई आक्रोश पोख्दै भने, “७ बुँदे सहमति अनुसार सरकारले काम नगरेको छ । यस्तो नेतृत्वले देश झन् भद्रगोल बनाउँदै लैजाँदैछ ।”

 


Thali Mobile Pvt.Ltd.